‘बाटोमुनिको फुल–२’ हेरेपछि

  प्रकाशित मिति
२३ बैशाख २०७३, बिहीबार ०९:२०


वैशाख १९, गते विर्तामोडको कृष्ण हलमा सबै दर्शकसँगै हुलमा मिसिँदै म पनि गए चलचित्र ‘बाटोमुनिको फूल–२’ हेर्न । अरु दर्शकझैँ ममा पनि कौतुहलता थियो, फिल्म कस्तो बनेका छ, भन्ने । फिल्म हलको निर्धारित समयमा, फिल्म सुरु भयो । फिल्मको कथाको अन्त्यमा नायक सुरेश बाँचकोले सबै जसो दर्शकको अनुहारमा खुसी देख्न सकिन्थ्यो । म पनि त्यसैगरी बाहिरिए । तत्काल केही पनि प्रतिव्रिmया आएन ।

विस. २०४० तिरको कुरा हो झापाको कुनै स्थानका कथित उच्च जातका नेपाल थरका राम र दतिलभित्र पर्ने परियार थरकी जुनेली बिच प्रेम सम्बन्ध हुन्छ । रामका बाबु गाँउकै गन्यमान्य व्यक्ति नेपाल बा, उनले सानो जातको केटीसँग रामको प्रेम सम्बन्ध भएपछि रामलाई घरबाट निकालिदिन्छन् । जुनेलीको प्रेममा परेका राम जातीय विभेदको विरोध गर्दै प्रेमिकालाई त्याग्नु भन्दा घर त्याग्न राजी हुन्छन् । समय व्रmममा जुनेली बच्चा जन्माएपछि मर्छिन् भने राम जुनेलीलाई हस्पिटलमा लिएर जाँदा दाजुसँग धकेला धकेल हुदाँ एक तलामाथिबाट झरेर मर्छन् । दुवैका मृत्युपछि बालकको पालनपोषण मामा र हजुरआमाबाट हुन्छ । सुरेशलाई भने म रामको छोरा भन्ने थाहा हुँदैन । नेपाल बा र जुनेलीको परिवारको लामो समय भेटघाट हँुदैन । नेपाल बा समाज सेवामा लागेर चुनावमा उम्मेद्वार भएका हुन्छन् । चुनावमा सुरेश र भाइ कान्छको सहयोगमा जनता उनको पक्षमा हुन्छन् । सँगै प्रतिद्वन्द्वीको रुपमा अभय पनि चुनावमा उम्मेद्वार हुन्छ । उसले जनतालाई धाक धम्कीको भरमा चुनाव जित्ने प्रयास गर्छ । उसको प्रयास विफल भएपछि सुरेश र भाई कान्छलाई मार्ने योजना बनाउँछ । नेपाल बाले सुरेशलाई मार्न लागेको अभयलाई पछाडिबाट गोली हानी मार्छन् र सुरेश बाँच्न सफल हुन्छ । यो चलचित्र ‘बाटोमुनिको फूल–२’को संक्षिप्त दृष्य हो ।

माथि उल्लेखित घटना नेपाली समाजमा दिनानु दिन भइरहने घटनाको प्रतिनिधिमूलक दृष्य हो । जसलाई चलचित्रमा देखाउने काम गरिएको छ । यो नेपाली समाजको यथार्थ चित्रण हो । करिब तीस वर्षपछि पनि नेपाली समाजमा उत्तिकै मेल खान्छ । नेपाली समाजमा रहेको जातीय विभेद र छुवाछूत अन्त्यका लागि धेरथोर चलचित्र, गीत, सङ्गीत र रङ्गमञ्चबाट सकारात्मक पहल हुने गरेका छन् । गायनबाट कथित दलितप्रति भएको विभेदविरुद्ध स्वर सङ्गीत दिँदै आएका यस कुरमारले दोस्रो चलचित्र ‘बाटोमुनिको फूल–२’ बाट नेपाली समाजमा जकडिएर बसेको उच्च जातिको दिमागमा रहेको लिप्सा हटाउने अस्त्रको रुपमा कला क्षेत्रलाई रोजेका छन् ।

चलचित्रमा मुख्य रुपमा पहाडिया बाहुन र दलित बिचमा भएको भेदभावको केही प्रतिनिधि घटनाको चरम दृष्य देखाउने प्रयास गरिएको छ, र सँगै काठमाडौँको नेवार दलितमाथि नेवार उच्च जातले गर्ने भेदभावलाई समेत छोडो दृष्यमा जोडिएको छ । मुलतः मध्यम वर्गका दलितको प्रतिनिधिमूलक कथा बोकेको यो चलचित्रमा दलित भएर बाँच्न कति कठिनाइ हुन्छ भन्ने कुरा देखाइएको छ भने समाजमा हुने जुनसुकै विभेद अन्त्यका लागि विभेद भोग्दै आएका र विभेद गर्दै आएकाको संयुक्त पहलमा नै सम्भव हुने कुरा कथाले बोल्छ ।
कथाको सुरुवात प्रकृति (रेडियो कार्यव्रmम सञ्चालिका) मुक्ति ब्याण्डका गायक सुरेशलाई खोज्दै जाने व्रmममा गुम्बामा पुग्छिन्, सुरेश संसारिक जीवनबाट छुटकार लिन घरबार त्यागेर बौद्ध भिक्क्षु भएको हुन्छ । उनी पे्रमिकाको आफ्नै हातबाट अन्जानमै हत्या भएपछि जेल जीवन बिताएर शान्तिको खोजीमा बौद्ध गुम्बा पुगेका हुन् । प्रकृतिको आग्रह सुरेशले अस्वीकार गरे पनि एउटी महिलामाथि हातपात गर्न खोज्ने गुण्डाले पुनः उनीमाथि आव्रmमण गरेपछि ती गुण्डालाई मारेर पुनः घर फर्कन्छन् ।

समाजमा हुने गरेको दलितप्रतिको भेदभाव विरुद्ध पुनः सङ्गीतिक ब्याण्डबाट जनचेतना फैलाउन सुरु गरेका सुरेश र भाइ एकदिन घर आइपुग्दा सुरेशको बाबु गणेश र एक अपरिचित मान्छे बिच कुनै सामग्री तानाताना भइरहेको हुन्छ, अकस्मात दुवैको हातबाट त्यो सामग्री फुत्किएर भुइमा खस्छ । त्यो दृष्य सुरेश र भाइ कान्छा (बाबु वोगटी)ले देख्छन् पछि मात्र थाहा हुन्छ सुरेश गणेशको छोरा नभएर भान्जा रहेछ भन्ने र त्यो अपरिचित मान्छे सुरेशको काका रहेछ । उनी दाजु भाउजुको फोटो लिन आएका रहेछन् ।

कथामा काठमाडौँ र झापाको दृष्य एक साथ जोड्ने कोसिस गरिएको छ । झापामा दलितका छोरीहरुको विवाह नगर्दा बाहुनको छोराहरु बिग्रने, बाहुन केटाले दलित केटीमाथि हातपात गर्दा उल्टो केटी र केटीको परिवारलाई दोषी ढहर गरी, केटीको परिवारलाई गाउँ निकालाको घोषणा गरिन्छ । यसले त्यस समयको गाउँका ठुलाबडा भनाउँदाको पक्षपातपूर्ण न्याय गराईलाई प्रष्ट पार्दछ । काठमाडौँमा तल्लो जातकी नेवार केटीलाई उपल्लो जातको नेवार केटाले भगाउँदा उल्टै केटीका परिवारलाई दुःख दिने गरेको दृष्य प्रकृतिको बाबुमाथि हातपात भएबाट प्रष्ट हुन्छ । राजधानी जस्तो शिक्षित ठाउँको शिक्षितहरुलाई व्यङ्ग्य गर्दै कथामा प्रकृतिमार्फत दह्रो प्रहार गरिन्छ ‘यो सहर जाति सफा गरे पनि सफा नभए जस्तै यो सहरमा बस्ने मान्छेहरुको मन पनि कहिले सफा हुन सकेन ।’ यो समाजमा मर्यादित भएर फूल बेचेर समान्य जीवन बिताउन चाहने दलित किशोरी कसरी वेश्या हुन पुग्दा रहेछन् । फूल किन्न स्वीकार्ने नगर्ने समाजका मान्छे शरीर किन्न तयार हुन्छन् । दलित केटी जुनेलीसँग विवाह भएपछि नेपाल बाहुन रामले बाहुनका बच्चाहरु पढाउँदा बिग्रन्छन् भनेर विद्यालयमा पढाउन दिइँदैन् । यसरी योग्यता र क्षमतालाई जातको आधारमा मान्ने या नमान्ने नीति भएको समाजको चरित्र उदाङ्गो पारिएको छ ।
सुरुमा मान्छे पातमा खान खानेलाई थाल बनाएर सजिलो बनाए जसलाई कामी भनेर नाङ्गो मानिसलाई कपडा सिलाएर लाज छोपी दिनेलाई दमाई, खाली खुट्टामा जुत्ता बनाएर दिनेलाई सार्की भनेर भेदभाव गर्न थाल्यो । बाँदरबाट पुछर झरेर मान्छे भयो पनि उसको दिमागमा भेदभावको भावना पलाएको भन्दै यो समाजका विभेदकारी मान्छेहरुलाई व्यङ्ग्य प्रहार गरिएको छ ।

हाँसो र रोदन मिश्रित चलचित्रमा धेरै रोदनका दृष्यहरु जोडिएका छन् । दलितप्रति भेदभाव, उत्पीडन हुदाँ जो कोही न्यायप्रेमीको मन चस्क्क घोच्दछ । त्यस्ता धेरै दृष्यहरु छन्, जुन दृष्यमा दर्शकहरुको मन नरोइरहन सक्दैन । जुनेली र जुनेलीको परिवारलाई गाउँबाट निस्कन गरिएको नेपाल बाको निसाफमा लगायत धेरै दर्शक भावविहल हुन्छन् । नेपाल बाले सुरेश आफ्नो रामको छोरा (नाती) रहेको कुरा थाहा पाएपछि सुरेशलाई आँखाबाट तप्प आँसु झार्दै स्वीकार गर्दाको क्षणमा दर्शकका पनि खुसीका आँसु पक्कै झर्छन् ।
चलचित्रमा अन्तरजातीय विवाहको प्रसङ्गबाट समाजमा दलितप्रतिको विभेदमा अन्त्यका लागि दुवै पक्षको गतिलै प्रयास र मेलमिलापबाट सम्भव हुने सन्देश देखाइएको छ । मिठो गीत सङ्गीतले कथालाई अझ मनोरोञ्जन र रोचकता दिन्छ ।

मेहेनत र परिश्रम लाए पनि मानवीय त्रुटि भई नै हाल्छ । यो चलचित्र पनि त्रुटिरहित छैन । मध्यान्तर अगाडि कथा अलि ढिलो अघि बढ्को आभाष हुन्छ । चाहिने भन्दा बढी काटमार, सुरेशलाई मरणासन्न हुने गरी हतियार प्रहार गरे पनि बाँचेका देखाएको छ । यी र यस्ता दृष्य विश्वस्त हुने किसिमले प्रस्तुत गरेका भए, अझ राम्रो हुने थियो । नेपाली समाजमा गतिलो ढङ्गले कलाको मध्यमबाट प्रहार गर्न सफल चलचित्रका लागि ‘बाटोमुनिको फूल–२’को परिवारलाई साधुवाद छ !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: