बाटो काट्दै गर्दा बसको ठक्करले मागिखाने युवाको मृत्यु

  प्रकाशित मिति
२० माघ २०७७, मंगलवार १८:१३


विर्तामोड, २० माघ । विर्तामोडमा मागिखाने ३२ वर्षीय सागर मिश्रको बसको ठक्करले आज दिउँसो मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार दिउँसो २ बजेर ४० मिनट जाँदाको समयमा विर्तामोडको पश्चिम बस स्टेन्डस्थित राजमार्गमा उक्त दुर्घटना भएको थियो ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो । अस्पताल पुर्याउनसाथ डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

बसका चालक विर्तामोड–७ का ३८ वर्षीय रबि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्वाही भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: