बाढीका कारण विराटनगर– काठमाडौँ उडान रद्ध

  प्रकाशित मिति
३ कार्तिक २०७८, बुधबार ०९:५३


झापा, ३ कात्तिक । बुद्ध र यती एअरलाइन्सले विराटनगर– काठमाडौँका सबै उडान रद्ध गरेका छन् ।

उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

त्यसैले बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्ध भएका थिए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो ।

शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: