बाढीको वितण्डा : शिवगञ्ज र पाँचगाछीका सय घर डुबानमा

  प्रकाशित मिति
१४ असार २०७९, मंगलवार १२:५६


फोटो सौजन्य ः विनोद सापकोटा

झापा, १४ असार । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईमा आज विहानैदेखि बाढी आउँदा कम्तीमा एक सय घर डुबानको चपेटामा परेका छन् ।

शिवसताक्षीको शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो ।

सुरक्षाकर्मी, रेडक्रस र स्थानीयबासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कन्काई बाढीको ठूलो भँगालो सो बस्तीमा पसेको छ । बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले आज विहानैदेखि भारी वर्षा भइरहेका कारण जिल्लाको धेरै स्थानमा घरबस्ती डुवानमा परेको जानकारी आइरहेको बताए ।

शिवसताक्षीकै पाँचगाछीस्थित सन्थाल बस्ती पनि डुवानमा परेको छ । बस्ती डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको ढकालले जानकारी दिए ।

झापाका मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ ।

विभिन्न नदीमा आएको बाढीले भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगञ्ज, गौरादह, मेचीनगर र दमकका थुप्रै बस्ती प्रभावित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी लगायत परिचालित भइसकेका छन् ।

फोटो सौजन्य ः विनोद सापकोटा
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: