बाढीपीडितको उद्धारमा झापाको सेना-प्रहरी (फोटो फिचर)

  प्रकाशित मिति
२९ असार २०७७, सोमबार ०७:५४


झापा, २९ असार । झापा वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको छ । विगत तीन दिनयता जिल्लामा बाढीबाट प्रभावित मानिसको उद्धार र सुरक्षित आवास व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, स्थानीय तह लगायतले प्रयास गरिरहेका छन् ।

हालसम्म झापामा बाढीले एकको मृत्यु, एक वेपत्ता र ७४९ जना विस्थापित भएका छन् । बिरिङ नदीमा नुहाउन पसेका झापा -५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ भने भद्रपुर–३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा बगेर वेपत्ता भएका छन् ।

कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकाका ७४९ जना घर डुबानमा परेका कारण विस्थापित भएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानमा आइतवार उद्धार गर्दाका फोटोहरु प्राप्त भएका छन् हेरौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: