बाढीपीडितलाई आर्इएमर्इ फाउण्डेसनले दियो राहत

  प्रकाशित मिति
२ भाद्र २०७४, शुक्रबार २१:२१


ime 1भद्रपुर । ‘हातमा हात समाई सहयोग गरौ’ भन्ने नाराका साथ आईएमई फाउण्डेशन नेपाल (आईएमई समूह)ले भद्रपुरका बाढीपिडितलाई शुक्रवार राहत सामग्री वितरण गरेको छ ।

साविक पृथ्वीनगर भद्रपुर नगरपालिका ३ नयाँबस्तीका सन्थाल र माझी समुदायका बाढीपिडित एक सय घरपरिवारलाई ३ सय थान घर बनाउने बाँस र एक हजार थान टि–सर्ट वितरण गरिएको आईएमई लिमिटेडका मेची अञ्चल प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी पृथ्वीनगरका प्रमुख नेत्र दाहालसहितको टोलीको सहयोगमा त्यहाँका बाढीपिडितलाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण समेत गरिएको अञ्चल प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

ime 2आईएमई फाउण्डेशनले बाढीपिडित बनेका जिल्लाहरुमा राहत वितरण कार्यलाई तिव्रता दिएसगै झापा पनि राहत वितरण सुरु गरिएको जनाइएको छ । नेपाली काग्रेसका झापा ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, नारायण दाहाल, कैशाल बोखिम, राम कडेल, खडग लिम्बु, समशेर तामाङ्ग, ग्लोबल आइएमइ बैक विर्तामोडका प्रमुख, पवन पौडेल, धुलावारी शाखा प्रमुख सुशिल बुढाथोकी लगायतले बाढी पिडितहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा आईएमईको एजेन्सी रिता इन्टरप्राइजेजका सञ्चालक कृष्ण तुलाधार, ओमशान्ती सप्लायर्स, पुजा मणि ट्रान्र्सफर, दाहाल भेराइटीज, आरसि हाउस, न्यु झापा इलोक्टोनिक्स, मेची रेमिटान्स लगायतका एजेन्सी प्रतिनिधिहरुको उपस्थिती रहेको आइएमईका कर्मचारी गगन सिटौलाले जानकारी दिनभुयो ।

ime 3 ime 4

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: