बाढीबाट पाठ्यसामग्री नष्ट

  प्रकाशित मिति
११ भाद्र २०७४, आईतवार १६:००


झापा । झापामा आएको बाढीका कारण एक हजारभन्दा बढी विद्यार्थीको पाठ्य सामग्री नष्ट भएको छ ।

नदी÷खोलामा बाढी विद्यालय र बस्ती पस्दा विद्यार्थीको पाठ्य पुस्तक नष्ट भएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रका विद्यालयबाट विद्यार्थीको नामसहितको विवरण आइरहेकाले पुस्तक व्यवस्थापन गर्ने तयारी भइरहेको छ । विद्यालयमा आश्रय लिएर बसेका अधिकांश बाढीपीडित फर्किसके पनि पाठ्य सामग्री नष्ट भएका कारण पठनपाठनमा समस्या भएको छ ।

यसैबीच जिशिकाले जिल्लाका ५६ विद्यालयको निरीक्षण गर्दा २५ विद्यालय बढी प्रभावित भएको पाइएको विष्टले जानकारी दिए ।

सबैभन्दा धेरै झापा गाउँपालिकाका १५ विद्यालयका करिब छ सय विद्यार्थी प्रभावित भएका छन् । झापा गाउँपालिकामा रहेको जुडो आधारभूत विद्यालयको डेस्क बेञ्चसहित पाठ्य सामग्री बगाएको उनले जानकारी दिए ।

त्यस्तै सरस्वती आधारभूत विद्यालय मेचीनगर, शान्ति आधारभूत विद्यालय दुवागढी, दिपिनी मावि दमक, गौरीशङ्कर मावि बाह्रदशीलगायत विद्यालयमा क्षति पुगेको जिशिकाले जनाएको छ । बाढीका कारण जिल्लाभरका विद्यालयमा ४० लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: