बाढीले जनताको तटबन्धनमा क्षति (फोटो फिचर)

  प्रकाशित मिति
१३ असार २०७७, शनिबार १५:०९


मेचीनगर । लगातारको वर्षासँगै आएको बाढीले जनताको तटबन्धनमा क्षति पुर्याएको छ ।

बाढीले झापा गाउँपालिका वडा नं.७ को टप्पु टोल र जनता टोलको माईखोलाको जनताको तटबन्धनमा क्षति पुर्याएको हो ।

२ हजार २ सय ५० मिटर लामो जनताको तटबन्धनमा बाढीले क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

क्षती पुगेको तटबन्धनमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहभागितामा मर्मत कार्य भइरहेको छ ।

उक्त तटबन्धनलाई मर्मतका लागि माईखोलाको बीच भागमा जेसिबी मेसिन समेतको प्रयोग गरी बाढीबाट हुन सक्ने थप क्षतीलाई रोकथाम गर्ने कार्य भइरहेको उनले बताए ।

बाढीका कारण मानवीय, चौपाया लगायतमा क्षती नपुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: