बाढीले बगाएर खपाङ्गीको मृत्यु

  प्रकाशित मिति
२० बैशाख २०७७, शनिबार १७:५१


अर्जुनधारा । अर्जुनधारा–१ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

सातकटेरी स्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय अर्जुनधाराले जनाएको छ ।

हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङले शुक्रबार रातिको वर्षाका कारण शनिबार बिहान ६५ वर्षीय उनको शव घरबाट ७–८ मिटर तल बगरमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरिएको बताए ।

विहान ९ वजे दाउरा लिन जंगल जाने क्रममा सानो नेते खोला तर्दे गर्दा बाढीले बगाएर लगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: