बाढी प्रभावितलाई सहयोग गर्न प्रमको निर्देशन

  प्रकाशित मिति
३० श्रावण २०७४, सोमबार १८:२९


03032016093259Sher-Bahadur-Deuwa-(4)-copy-1000x0
झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले झापाको बाढी प्रभावित क्षेत्रको जानकारी लिएका छन् ।

सोमबार अपरान्ह ४ बजे झापा आएका प्रधानमन्त्री देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतलाई तत्काल राहत र उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् ।

तर, प्रधानमन्त्री देउवाले झापाको कुनै पनि बाढी प्रभावित क्षेत्रको निरीक्षण नगरी र पीडितलाई नभेटी फर्किएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: