बाढी प्रभावित क्षेत्रमा बाली उपचार शिविर

  प्रकाशित मिति
२३ चैत्र २०७४, शुक्रबार १४:२६


मदरगाछ । कन्काई नदीको बाढी प्रभावित क्षेत्र झापा गाँउपालिकामा बिहीबार बाली उपचार शिविर प्लान्ट क्लिनिक क्याम्प सम्पन्न भएको छ ।

पश्चिम दक्षिणी क्षेत्र झापा गाँउपालिका–७ मदरगाछका बाढी प्रभावित कृषकलाई सव्जी खेतीमा लाग्ने रोग किराको प्रकोप तथा न्यूनिकरणबारे जानकारी गराउने उद्देश्यले एकदिने बाली उपचार शिविर कार्यक्रम राखिएको हो ।

कारितास नेपाल र अभियान नेपालको संयुक्त प्रयासमा पहिलोपटक बाढी प्रभावित क्षेत्रमा प्लान्ट क्लिनिक क्याम्प गरिएको हो ।

सव्जी खेतीमा लाग्ने रोग, किराले पुर्याउने क्षति र प्रकोप न्युनिकरण बारे साना तथा मझौला कृषकलाई जानकारी गराउने उद्देश्यले मदरगाछमा शिविर आयोजना गरिएको कारितास नेपालका आइपीएम टेक्निसियन लक्ष्मी भण्डारीले जानकारी दिए ।

कारितास नेपाल, कारितास इन्टरनेसनालिष्ट र अभियान नेपालको साझेदारीमा झापाका बाढी प्रभावित क्षेत्रका कृषकलाई एकिकृत शत्रुजित व्यवस्थापन (आइपीएम प्रोग्राम फर स्मल फारमर) कार्यक्रम अन्तर्गत सव्जी खेतीका लागि विउ विजन प्रदान गर्ने कार्यक्रम सञ्चालित छ ।

एक दिने घुम्ती शिविरमा ४० भन्दा बढी स्थानीय कृषकहरुको सहभागिता थियो । कारितास र अभियान नेपालको सहयोगमा आईपीएम कार्यक्रम अन्तर्गत रहेका मदरगाछ, चौधरीबस्ती, सिमलबाढी र कार्यक्रमले नसमेटेका क्षेत्रका स्थानीय कृषकहरुको उल्लेख्य सहभागीता थियो । कृषकहरुले लगाएका फलफुल तथा तरकारी बालीमा देखिएको रोग किराको प्रकोप देखिएका सव्जी र फलफुलका बोट लिएर शिविरमा उपस्थित थिए ।

उनीहरुले आफुले लगाएको सव्जी खेतीमा लागेको रोग किराले पुर्याएको क्षति बारे अवगत गराएका थिए भने कारितास नेपालका बाली रोग विशेषज्ञ टंक कट्टेलले बालीमा लाग्ने रोगबारे कृषकले राखेका जिज्ञासाको जवाफ दिंदै उपचार विधि र रोग बारे जानकारी गराएका थिए ।

शिबिरमा टमाटर, भिण्डी, खर्बुजा, बोडी, मकै, आँप, लिची, काँक्रा, खोर्सानी, लौकालगायत लहरेबालीमा रोग किराले पुर्याएको क्षति बारेमा जानकारी गरानुका साथै उपचार विधि पनि सुझाइएको थियो ।

सो क्षेत्रका कृषकले लगाएको बालीमा डढुवा, चुसाह किरा, पातखाने किरा, फलकुवाउने औशा, गुवाखाने किराको संक्रमण बढी पाइएको आइपीएम प्राविधिक टंक कट्टेलले जानकारी दिए । बाढी प्रभावित कृषकलाई अभियान नेपाल र कारितास नेपालले विउ विजन प्रदान गरी अन्य प्राविधिक सहयोगका साथ आय आर्जनमा सहयोग गर्दै आएको छ ।

कार्यक्रममा आइपीएमको एकिकृत विधि, रोगनाशक तथा किरा नाशक विषादीको प्रयोग तथा निःशुल्क रोग किरा नियन्त्रणका लागि सुरक्षित विसादी निःशुल्क वितरण गरिएको थियो ।

शिविरबाट धेरै कुरा सिक्न पाएको भन्दै कृषकहरुले आगामी दिनमा पनि यस्ता शिविर आयोजना गरिदिन अभियान नेपाललाई आग्रह गरेका थिए ।

अभियान नेपाल र कारितास नेपालले झापामा बाढी प्रभावितहरुका लागि प्रतिकार्य एवम् पुर्नलाभ परियोजना अन्तर्गत विपत जोखिम न्यूनिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको र कार्यक्रमबाट बाढी प्रभावित ५० भन्दाबढी घरधुरी लाभान्वित भएको अभियान नेपालकी सहजकर्ता चन्द्रकला अधिकारीले बताइन् ।

कार्यक्रममा कारितास नेपालका आइपीएम प्राविधिक टंक कट्टेल, लक्ष्मी भण्डारी, कारितास नेपालका मूल्याङ्कन अनुगमन अधिकृत उमेश ढकाल, डिआरआर प्रोजेक्टका रविन भट्टराई, अभियान नेपालका सहजकर्ता डिएन खनाल, चन्द्रकला अधिकारीलगायतले शिविरमा कृषकको उत्साहजनक उपस्थितिले कार्यक्रम सफल भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: