बाणिज्य संघको अध्यक्षमा खरेल

  प्रकाशित मिति
१६ चैत्र २०७२, मंगलवार १२:३१


बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघको जिल्ला अध्यक्षमा भीष्मराज खरेल चयन भएका छन् । सोमबार सम्पन्न संघको प्रथम अधिवेशनबाट उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहनप्रसाद सुवेदी र दमकका दुर्गाप्रसाद पौडेल रहेका छन् ।

यसैगरी सचिवमा बिर्तामोडका पर्वत कार्की (युवराज), सहसचिवमा दमकका टेकबहादुर थापा र कोषध्यक्षमा मेचीनगरका राजकुमार पराजुली निर्वाचित भएको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले बताए ।

आगामी तीन वर्षे कार्यकालका लागि सदस्यहरुमा मेचीनगरबाट बालकृष्ण थापा र नरप्रसाद पौडेल, बिर्तामोडबाट शंकरराज ढुङ्गेल, नारायप्रसाद चिमरिया, गणेशप्रसाद सुवेदी र लक्ष्मीप्रसाद सापकोट निर्वाचित भएका छन् । यसैगरी, दमकबाट पदमबहादुर थापा र काँशीराम विश्वकर्मा, भद्रपुरबाट भरत पोख्रेल, शनिअर्जुनबाट खड्गप्रसाद गौतम, शिवसताक्षीबाट भद्रकुमार राई चयन भएका छन् ।

निर्वाचित सदस्यहरुमा कनकाई नगरबाट पदमप्रसाद ओली, बनियानीबाट मदनबहादुर खत्री, गोलधापबाट मणिकुमार शंकर, खुदुनाबारीबाट हेमराज आचार्य र बुधबारेबाट धरणीधर पोखरेल रहेका छन् । यस्तै महिला सदस्यहरुमा दुर्गा थपलिया, पुण्यमाया पौडेल र निर्मला आचार्य तथा समावेशी कोटाबाट पंकज शर्मा पोद्धार निर्वाचित भएका छन् ।

निर्वाचन समितिले संक्षिप्त कार्यक्रमको आयोजना गरी सोमबार नै नवनिर्वाचित नेतृत्वलाई पद तथा गोपनियताको सपथ गराएको छ । संघका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल इन्चार्ज उमेश पौडेलले नयाँ नेतृत्वलाई सपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: