बाणिज्य संघमा धमाधम वीमा

  प्रकाशित मिति
१८ श्रावण २०७७, आईतवार १७:२८


मेचीनगर । मेची उद्योग बाणिज्य संघमा उद्यागी–व्यवसायीहरुले धमाधम वीमा गर्न थालेका छन् ।

संघका अध्यक्ष ऋषिराज तिम्सिनाले मेचीनगरका करिव २ सय व्यवसायी सदस्यहरुले वीमा गरिसकेको बताए ।

साउन ५ गतेबाट औपचारिक रुपमा शुरु गरिएको वीमामा संघका सदस्यका ६० वर्ष नपुगेका २ जना परिवारको सदस्यको समेत दुर्घटनाको जोखिम लिइदिने अध्यक्ष तिम्सिनाले दावी गरे ।

एउटा सदस्य बराबर १ लाख वीमा हुनेछ भने परिवारका २ सदस्यको जोखिममा २५ हजार रुपैयाँका दरले संघले सहयोग गर्ने उनले बताए ।

शुरुमा १ हजार तिरेर बार्षिक २ सय रुपैयाँ तिर्दा व्यवसायीको वीमा हुने छ । उद्योगी–व्यवसायी सदस्यहरुको हित र सुरक्षाका लागि वीमा शुरु गरिएको उनको भनाई छ ।

निकट भविश्यमा १ लाखको वीमालाई ५ लाख रुपैयाँ सम्म बनाउने लक्ष्य रहेको संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: