विर्तामोड । स्वतन्त्र रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल बानले पाँचौ विश्व रेडियो दिवस झापामा मनाउने भएको छ । फागुन १ गते झापाको विर्तामोडमा वानले विश्व रेडियो दिवस मनाउन लागेको हो ।
वानले विर्तामोडमा बुधवार पत्रकार सम्मेलन गरी दिवसको तयारी तीब्र भइरहेको जनाएको हो । बानका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराईले रेडियोको आगामी दिनको भुमिकामा केन्द्रीत रहेर दिवस मनाउने तयारी भएको बताए । दिवसको परराष्ट्रमन्त्री कमल थापाले उद्घाटन गर्ने कार्यव्रmम छ । दिवसमा ६० भन्दाबढी रेडियो स्टेशनको सहभागिता हुनेछ ।
कार्यव्रmमपछि साँझ गजल साँझ आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै कञ्चनजङ्घा एफएमका अध्यक्ष राजकुमार पोखरेल, रेडियो भिजनका अध्यक्ष उमेश डालमिया र आरम्भ एफएमका अध्यक्ष दीपेन्द्र पोखरेलले दिवस भव्यतापूर्वक सम्पन्न गरिन लागेको बताउँदै रेडियोहरुले भोग्नु परिरहेको उर्जा सङ्कट व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए ।