बारले भन्यो–‘कैदीबन्दीलाई कोरोनाबाट बचाउ’

  प्रकाशित मिति
११ आश्विन २०७७, आईतवार २०:४८


भद्रपुर, ११ असोज । नेपाल बार एसोसिएसन झापाले झापा कारागारका कैदीबन्दी कोरोनाको जोखिममा परेको जनाउँदै उनीहरुको बाँच्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेको छ ।

नेपाल वार एशोसिएसन झापा इकाईका सचिव भिम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईले आइतवार संयुुक्त विज्ञप्ति जारी गरी कारागारमा फैलिएको कोरोना बारेमा सरकारको ध्यानाकृष्ट गरेको हो ।

कारागारका कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारी गरी १२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको उल्लेख गर्दै विज्ञप्तिमा कैदीबन्दीमा कोरोना फैलिएको घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने जनाइएको छ ।

कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य सम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदी बन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्ती मार्फत सरकारसँग माग गरिएको छ ।

संक्रमितलाई आवश्यकता अनुसार क्वारेन्टिन, आइसोलेसन तथा अन्य सुरक्षात्मक उपायहरूको व्यवस्थापन गर्न पनि सरकारसँग माग गरिएको छ ।

कैदीबन्दीको बाँच्न पाउने नैसर्गिक हकको सम्मान गर्दै जिल्ला कारागार झापामा थप संक्रमण फैलन नदिन तत्काल आवश्यक तथा प्रभावकारी व्यवस्था मिलाउन विज्ञप्तीमा कारागार प्रशासनसँग झापा वारले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: