झापा । बाल सुबोधिनी निम्न माध्यमिक विद्यालय दुवागढीको ४८औँ वार्षिकोत्सव सोमवार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा यस वर्षको बासु पत्रकारिता पुरस्कारबाट बीबीसीका पत्रकार उमाकान्त खनाललाई नगद ५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै, वर्ष उत्कृष्ट शिक्षक शङ्करलाल राजवंशी, वर्ष उत्कृष्ट अभिभावक सतना राजवंशी, अक्षकोषदाता जयप्रसाद प्रसाईं, कम्प्युटरदाता नविन काफ्ले, चन्दादाताहरू कृष्णकुमारी सुवेदी र दुर्गाप्रसाद कडरियालाई सम्मान गरिएको छ ।
यसैगरी, रघुनाथ स्मृति अक्षयकोषबाट ५, देवीप्रसाद नैनाकला स्मृति कोषबाट ३ र हिमादेवी अक्षयकोषबाट २ गरी १० जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई जनही २ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ ।
सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद मिश्रको सभापतित्वमा सम्पन्न कार्यव्रmममा अन्तर सदनात्मक खेलकुद तथा सांस्कृतिक कार्यव्रmम प्रस्तुत गरिनुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विश्व थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यव्रmममा शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चम्लागार्इं, स्रोत व्यक्ति लोकबहादुर दाहाल, आदर्श उच्च माविका प्राचार्य हेमकुमार खड्का, गाविस सचिव कविन्द्रविव्रmम नेम्वाङ, त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधव प्याकुरेल, राजनीतिक दलका प्रतिनिधि जीवन प्रसाईं लगायतले बोलेका थिए ।
शिक्षक पदमप्रसाद मिश्रले सञ्चालन गरेको कार्यक्रममा स्वागत बाल क्लबका उपाध्यक्ष दिपेश राजवंशीले गरेका थिए ।
यसैगरी, हल्दिबारी उच्च माविको ४३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा ७ शिक्षक १ विद्यार्थीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्राचार्य लेखनाथ भट्टराई, शिक्षक लक्ष्मीप्रसाद पोखरेल, भीमबहादुर श्रेष्ठ, मित्रबहादुर बस्नेत, विजयकुमार बस्नेत, यामप्रसाद खरेल र सोही विद्यालयबाट एसएलसीमा जिल्ला उत्कृष्ट हुने शिखा शाह रहेका छन् ।
सहायक जिल्ला शिक्षा अधिकारी बोलराज खनालको प्रमुख आतिथ्यता तथा विद्याल व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ हेमरमको सभापतित्वमा सम्पन्न कार्यव्रmममा शिक्षक युनियन महासङ्घका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागार्इं, सचिव उमेश साहु, स्रोत व्यक्ति टङ्कप्रसाद सेडार्इं, काङ्ग्रेसका गाउँ सभापति गङ्गप्रसाद प्रसाईं, लक्ष्मीप्रसाद खनाल लगायतले बोलेका थिए ।
विद्यालयको वार्षिक प्रतिवेदन प्राचार्य लेखनाथ भट्टराईले प्रस्तुत गरेका थिए । शिक्षक लक्ष्मीप्रसाद पोखरेलले स्वागत गरेका कार्यव्रmमको सञ्चालन सहप्राचार्य टङ्कबहादुर पाख्रिनले गरेका थिए ।
यसैगरी, अर्जुनधारा मावि शनिअर्जुन–३ भाङ्बारीको ५६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्वसको अवसरमा विद्यार्थीले उत्कृष्ट पीटी प्रदर्शन तथा सांस्कृतिक कार्यव्रmम गरेका छन् ।
विद्यालय निरीक्षक जानुका गुरागाईंको प्रमुख आतिथ्यता तथा विद्याल व्यवस्थापन समितिका अध्यक्ष बृद्धिचन कास्यपको सभापतित्व सम्पन्न कार्यव्रmममा लक्ष्मी माविका प्रधानाध्यापक विरेन्द्र गुप्ता, भानु उच्च माविका प्राचार्य रुपक दाहाल, समाजसेवी केदार पराजुली, विद्यालय व्यवस्थापन समितिका सदस्य तुलसी खतिवडा लगायतले बोलेका थिए ।
विद्यालयको प्रतिवेदन चिरञ्जीवी सिवाकोटीले प्रस्तुत गरेका थिए । शिक्षक सुस्मा खनालले स्वागत गरेको कार्यव्रmमको सञ्चालन कमलकान्त पौडेलले गरेका थिए ।