बालअधिकार र बालश्रम

  प्रकाशित मिति
२९ भाद्र २०७३, बुधबार ०९:५७


child-labour

भदौ २९ अर्थात् ५२ औँ बालदिवस आज देशभर विविध कार्यव्रmम गरी मनाइँदैछ । बालअधिकार संरक्षण गर्ने हेतुले देशैभर विसं. २०२२ सालदेखि हरेक बर्ष भदौ ४ गतेलाई बालदिवस मनाइँदै आइएको थियो । तर, गणतन्त्र स्थापना पश्चात् हरेक वर्ष बालअधिकार सम्बन्धी महासन्धि १९८९, वि.सं. २०४७ साल भदौ २९ गते (तदनुसार १४ सेप्टेम्वर १९९०) अनुमोदन गरेको दिनको सन्दर्भ पारेर नेपाल सरकारको निर्णय अनुसार हरेक वर्ष यसैदिन बालबालिकाको राष्ट्रिय पर्व बाल दिवस मनाइँदै आइएको छ ।

एकातर्फ सरकारले बालदिवस मनाइरहँदा बालश्रमिकहरु मरितरी भारी बोकिरहेका हुन्छ, उनीहरुमा बालदिवसको कार्यव्रmमको कुनै असर हँुदैन । बाल ऐन २०४८ ले १६ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ । उनीहरूलाई बालश्रमिकको रूपमा काम गर्न कडा प्रतिबन्ध लगाएको छ । यद्यपि १४ देखि १६ वर्षका बालबालिकाले प्रतिदिन निश्रिुचत ६ घण्रुटा मात्र काम गर्न पाउँदछन् । उनीहरूले लगातार ३ घण्टा काम गरेपछि आधा घण्टा आराम गर्न पाउनु पर्दछ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ५ देिख १४ वर्ष उमेर समुहका बाल श्रमिकहरूको सन् २०१२ को लागि तथ्याङ्क अनुसार सो वर्षमा बाल श्रमिक हरूको सङ्ख्या विश्वमा १२.०५ करोड र एसिया तथा प्रशान्त क्षेत्रमा मात्र ५.२७ करोड रहेको छ । सो वर्षमा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने बाल श्रमिकहरू ३.७८ करोड रहेका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले भने सन् २०१३ मा ५ देखि १७ वर्षका १७८ लाख बालबालिका अझै बालश्रमिक भएका स्वीकारेको छ । यो त भयो विश्वमा बालश्रमको वर्तमान अवस्था । नेपालको परिप्रेक्ष्यमा पनि बालश्रमको अवस्था निकै नै दयनीय छ ।

नेपालको केन्द्रीय तथ्याङ्क विभागको सन् २००८ को श्रमशक्ति सर्वेक्षणका अनुसार सो वर्ष नेपालको ५ देखि १७ वर्ष उमेर समुहका कुल ७७.७ लाख बालबालिका मध्ये १६ लाख बाल श्रमिक रहेको र ६२ हजार बालश्रमिक जोखिमयुक्त क्षेत्रमा श्रम गरिरहेका छन् । गरिवी र देशको अल्पविकास नै यसका कारक तत्व रहेका छन् । यसका साथै नेपाल विश्रुवका गरिव र कम विकसित राष्रुट्रहरूमध्येको एक हो । जहाँ सामाजिक अन्याय र धार्मिक रुढीवादी दैनिक यथार्थ हो । ग्रामीण र सहरी दुबै भेगमा बालबालिकाको सङ्ख्या बृद्धि हुँदै गएको छ । सहरी क्षेत्रमा बालबालिकाहरू मुलत विभिन्रुन उद्योगहरू, होटल तथा रेष्रुटुरेन्ट, रद्रुदी फोहोर वस्तु सङ्कलन र घरायसी कामहरूमा लागेका पाइन्छन् । वास्तवमा बालबालिकाहरू प्रिन्टिङ प्रेस, सडक व्यापार, भरिया, रिक्सा चलाउने आदि सबै क्षेत्रहरूमा धेरथोर रुपमा श्रम गरिरहेका छन् । संयुक्त राष्रुरुट्रसङ्घले सन् १९७९ लाई ‘अन्तर्राष्ट्रिय बालबालिका वर्ष’ घोषणा ग¥यो । तत्पश्रुचात् धेरै गैरसरकारी संस्थाहरू बालश्रम क्षेत्रमा कार्यरत रही आएका छन् । बालबालिकाको विकासका लागि प्रत्यक्ष रुपमा काम गर्ने गैरसरकारी संस्थाहरू ठूलो सङ्ख्यामा बढिरहे पनि दुर्भाग्य के छ भने मिठा शब्द र कठिन कर्मका बिच सधैँ ठूलो खाडल रहँदै आएको छ ।

बालदिवका दिन देशैभरका बाल क्लव र जिल्ला बालकल्याण समितिले कार्यव्रmमहरु आयोजना गर्ने गरेका छन् । केवल ती औपचारिकतामा मात्र सीमित भइरहेको पाइन्छ । माथि उल्लेख भएको बालश्रमको वर्तमान अवस्थालाई नियाल्दा बालअधिकार र बालश्रमका बिषयमा बहस गर्नुपर्ने अहिलेको अहम् आवश्यकता देखिन्छ ।

सडक बालबालिकाका लागि भनेर दातृ निकायबाट बर्सेनि करोडौँ बजेट छुटिने गरको छ । तर, ती बजेट कहाँ खर्च हुन्छ भन्ने यकिन तथ्याङ्क छैन र सडक बालबालिकाको अवस्था जस्ताको तस्तै छ । केन्द्रीय बालकल्याण समितिले २०७२ मा निकालेको काठमाडौँ उपत्यकामा सडक बालबालिका र सो क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुको प्रतिवेदन अनुसार उपत्यकामा मात्र सडक बालबालिको क्षेत्रमा कार्य गर्ने १५ वटा संस्था रहेका छन् । बाल संरक्षण तालिम निर्देशिका २०६७ अनुसार नेपालमा व्याप्त गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, घरेलु हिंसा र समाजमा व्याप्त विभिन्न कुरीति, कुसंस्कार जस्ता कारणका साथै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक कारणले गर्दा बालबालिका आफ्नो परिवार छोडेर सडकमा आउने र त्यहीँ बस्ने गरेको पाइएको छ । युनिसेफले सन् १९९२ मा नेपालका सडक बालबालिकालाई २ भागमा वर्गीकरण गरेको छ । पूर्णरुपमै सडकमा बस्ने, काम गर्ने अनि सडकमै सुत्ने एक प्रकारका सडक बालबालिका हुन् भने कमाइका लागि मात्र सडकमा आउने तर बस्न र सुत्नका लागि आफ्ना अभिभावक (अन्य संरक्षक पनि) भएको ठाउँमा जाने अर्को प्रकारका बालबालिकालाई सडक बालबालिकाको रुपमा लिने गरिएको छ । काठमाडौँका २० स्थानमा मात्र ४ सयको हाराहारीमा सडक बालबालिका रहेको केन्द्रीय बालकल्याणको अनुमान छ । अझ काठमाडौँ क्षेत्रका मन्दिर वरपर भारतीयमुलका नागरिकहरु महिनाँै देखि बालबालिकालाई माग्न पठाई आफु पनि मागेरै जिविकोपार्जन गरेको पाइन्छ । सन् २०१४ मा काठमाडाँै उपत्यका भित्रमात्र १२ वटा संस्थाले २३३ जना बालबालिकालाई पुनस्र्थापित गरेको केन्द्रीय बालकल्याण समितिको तथ्याङ्कमा उल्लेख छ । ती संस्थाहरुसँग ३१२ जनालाई पुनस्र्थापित गर्न सक्ने क्षमता रहेको छ ।

सडकमा आश्रित बालिकाहरु बालकको तुलनामा बढी जोखिममा रहेको पाइन्छ । कतिपय अवस्थामा बालिकाहरु दिनभर होटल तथा रेष्टुराँमा काम गर्ने र रात सडकमा बिताउने गर्दा यौन दुव्र्यवहार र शोषणमा पर्ने खतरा रहेको छ । काठमाडौँ उपत्यका क्षेत्रमा रहेका बालबालिकाहरु पुनस्र्थापित गर्न पहल भइरहेको छ तर मोफसलमा रहेका सडक बालबालिकाहरुको लागि भने पुनस्र्थापना केन्द्रहरु खुल्न सकेका छैनन् । झापामा मात्रै १ सयको हाराहारीमा सडक बालबालिका रहेको अनुमान गरिएको छ । अतः बालअधिकार र सडक बालबालिकाको निम्ति सबैले बहस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हिंसामुक्त समाज बनाउन सडक बालबालिकाको सङ्ख्यामा कमी ल्याउन कसरी सकिन्छ, आ–आफनो क्षेत्रबाट पहल गर्नुपर्ने देखिन्छ । बालबालिका आजका भविष्य भोलिका कर्णधार मात्र नभई आजका साझेदार पनि हुन् । तसर्थ, विद्यालय शान्ति क्षेत्र, बालमैत्री विद्यालय, भयमुक्त र सुरक्षित समाज बनाउन आजैबाट पहल थालौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: