चन्द्रगढी । बालअधिकार तथा शान्ति शिक्षा परियोजना सञ्चालनबारे सरोकारवाला निकायहरुबिच सोमवार चन्द्रगढीमा जिल्लास्तरीय अन्तरव्रिmया सम्पन्न भएको छ ।
मानवअधिकार मञ्च नेपाल इलाम र परियोजनाको साझेदार संस्था महिला जनचेतना केन्द्र झापाको संयुक्त आयोजनामा चन्द्रगढीको स्काउट भवनमा अन्तरव्रिmया भएको हो ।
कार्यव्रmममा मञ्चका केन्द्रीय कार्यव्रmम संयोजक ठाकुर श्रेष्ठले बालअधिकारका क्षेत्रमा व्रिmयाशील जर्मनी संस्था किन्डर मिसन रेकको सहयोगमा उक्त परियोजना यसवर्ष झापाको खुदुनावारी, पृथ्वीनगर, गरामनी, धरमपुर र टाघनडुब्बा गाविसका ५ वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने बताए ।
कार्यव्रmममा सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, जिल्ला विकास समितिका सामुदायिक विकास अधिकृत हिमराज सेढार्इं, केन्द्रीय बाल कल्याण समितिका बाल अधिकृत सुमन अधिकारी, महिला तथा बालबालिका कार्यालय झापाकी अधिकृत इन्दिरा ओझा, नेपाली काङ्ग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, गैरसरकारी संस्था महासङ्घ झापाका अध्यक्ष रुद्र सिटौला, टाघनडुब्बा गाविसका सचिव राजेन्द्रकुमार पराजुली, धरमपुर गाविसका सचिव पूर्णशङ्कर कँुवर, बाल क्लवका प्रतिनिधि जीवन लिम्बु, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतले बोलेका थिए ।
झापामा सञ्चालन हुने परियोजनाको संयोजनकारी संस्था महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा स्वागत केन्द्रकी उपाध्यक्ष भुवन सुब्बा र सञ्चालन केन्द्रका कार्यव्रmम संयोजक मणिकुमार लिम्बूले गरेका थिए ।