बालकल्याणमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

  प्रकाशित मिति
३० भाद्र २०७८, बुधबार २२:०८


मेचीनगर, ३० भदौ । मेचीनगर–५ स्थित बालकल्याण माविले ५७ औँ बाल दिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
विद्यालयले २०७७ को एसईईमा उत्कृष्ट अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय कोषबाट जनही ५ हजार नगद राशीबाट पुरस्कृत गरेकोे छ । एसईईमा दुवै छात्राहरुले बराबरी अंक ल्याएका थिए ।

त्यसैगरी विद्यालयले श्रेया एण्ड समीर अक्षयकोष मार्फत कक्षा ९ मा उत्कृष्ट अंक ल्याउन सफल सिस्ता गिरी र कक्षा ८ मा उत्कृष्ट अंक ल्याउन सफल समता भण्डारीलाई जनही ४ हजार नगद राशीले पुरस्कृत गरेको छ ।

उक्त पुरस्कार राधाबल्लभ पराजुली स्मृती अक्ष्यकोषकी अक्षयदाता लेखमाया पराजुली र कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–५ का वडा अध्यक्ष योगेन्द्र थापाले हस्तान्तरण गरेका थिए । पुरस्कार वितरणपछि प्रमुख अतिथि थापाले केहि वर्ष अघिसम्म भौतिक र आर्थिक रुपमा कमजोर यस विद्यालयले छोटो समयमा फड्को मार्न सफल भएको बताए ।

विद्यालयका पिटीए अध्यक्ष सुभाष लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा असल संस्कार र समृद्विका लागि एनएमसीले ल्याएको कार्यक्रम सामाजिक योगदानमा मेरो एक रुपैयाँको कार्यक्रमलाई विद्यार्थीको पढाईमा सहयोग पुर्याउने उद्देश्यले सो रकमबाट अक्षयकोष स्थापना गरिएको छ । २०७५ सालदेखि एनएमसीले सामाजिक योगदानमा मेरो एक रुपैयाँ अभियान सञ्चालन गर्दै आएको छ ।

सो संकलित रकमको ७५ प्रतिशत सामाजिक योगदानमा खर्चिन सकिने व्यवस्था अनुसार सो रकम विद्यालयलाई प्रदान गरि २ लाख १४ हजार ८ सय रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनकबहादुर कार्कीले बताए । सो रकम इकाई समिति संयोजक अनिता कार्कीले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेलाई प्रदान गरेकी थिइन् ।

उक्त अक्षकोषबाट विद्यालयले कक्षा १ देखि ७ सम्मका सर्वाेत्कृष्ट एक–एक जना विद्यार्थीलाई जनही ३ हजारका दरले पुरस्कृत गरिने अध्यक्ष कार्कीले बताए ।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिपजङ्ग सुब्बाले ठूलो आर्थिक संकट व्यहोरीरहेको विद्यालय छोटो समयमै आर्थिक समृद्वि तर्फ अघि बढेको भन्दै विद्यालयको सिंगो टिमको प्रशंसा गरेका थिए ।

उनले विद्यालय आर्थिक, भौतिक, रुपमा मजबुत बन्दै गएकोले अव शिक्षाको गुणस्तर सुधार गरेर नमुना विद्यालयको रुपमा विकास गर्न सवैको योगदान हुनुपर्ने बताए । कार्यक्रममा डम्बरबहादुर पुरी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्तकुमार दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा प्रधानाध्यापक न्यौपानेले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालयले अक्षयकोषको दायरालाई फराकिलो पार्दै राधावल्भ पराजुली स्मृती अक्षयकोष, श्रेया एण्ड समीर अक्षयकोष, सामुहिक अक्षयकोष, ओमनाथ ऋतु स्मृती अक्षयकोष र सामाजिक योगदानमा मेरो एक रुपैयाँको अक्षयकोष स्थाना गरिसकेको प्रअ न्यौपानेले जानकारी दिए ।

विद्यालयका प्रावि ईन्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक धनराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: