बालक्लवद्वारा जङ्क फुड प्रयोगमा प्रतिबन्ध

  प्रकाशित मिति
९ माघ २०७६, बिहीबार १७:४९


इटहरी । इटहरीको पकली माध्यमिक विद्यालयमा गठित बाल क्लवले विद्यालयमा खाजाको रुपमा जङ्क फुड प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जङ्क फुडले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने भएकाले क्लवको अग्रसरतामा प्रतिबन्ध लगाइएको हो ।

सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा वालक्लवले घडी राखेको छ । शिक्षक कक्षामा जतिवेला प्रवेश गरेका छन्, त्यहि घडी हेरेर विद्यार्थीले खातामा लेख्छन् । शिक्षक कतिवेला कक्षाकोठावाट निस्कन्छन् त्यो पनि लेखेर राख्छन् ।

इटहरीका प्रत्येक सामुदायिक विद्यालयमा गठन भएका वालक्लव र ग्रीन क्लवले यस्तै उदाहरणीय काम गरिरहेका छन् ।

इटहरी उपमहानगरले विहीवार आयोजना गरेको माध्यमिक विद्यालयका वालक्लव र ग्रीन क्लवका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा वालवालिकाले विद्यालय र समुदायमै गरेका विभिन्न कामहरुको अनुभव सुनाए ।

इटहरीको कविर माध्यमिक विद्यालयको वालक्लवका छात्राहरुले आफूहरुले प्रयोग गर्ने सेनेटरी प्याड स्कुलमै वनाएर प्रयोग गर्ने गरेको बताए । उनीहरुले स्कुलमै तालिम लिएर प्याड वनाएर जम्मा गर्ने गरेका हुन् । वालक्लव र ग्रीन क्लवका विद्यार्थीहरु अत्यन्तै रचनात्मक देखिएको उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफलेले वताए ।

एउटा विद्यालयका विद्यार्थीको सकारात्मक कार्य अर्को विद्यालयका वालवालिकाले पनि सिकुन् भनेर राखिएको अन्तरक्रिया कार्यक्रम फलदायी वनेको महाशाखा प्रमुख कुमारी अम्विका साहले वताए ।

इटहरीकै राष्ट्रिय माध्यमिक विद्यालयको वालक्लवका विद्यार्थीहरुले विद्यालय छेउछाउको गाउँमा फोहोरमैला भएको देखे भने त्यहाँ जान्छन् अनि सरसफाई गर्छन् । स्कुले केटाकेटीले फोहोर देखे भने आउँछन् भनेर स्थानीय आफै सरसफाइमा जुट्न थालेका छन् ।

अन्तरक्रियामा वाल र ग्रीनक्लवका अध्यक्षहरुले नियमित वैठक वस्ने, हप्तामा एक दिन अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने, वृक्षारोपण, फूलवारी निर्माण गर्ने, चेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य गरिरहेको सुनाए ।

इटहरीको कविर माविका विद्यार्थीले स्कुल आसपासमा मदिरा र सूर्तिजन्य पदार्थ वेचविखन नगर्न खवरदारी गर्ने गरेका छन् ।

महेन्द्र मावि इटहरीमा कोहि विद्यार्थी लामो समय विद्यालय नआए वालक्वलका छात्रछात्रा ती विद्यार्थीको घरमै पुगेर अभिभावक र विद्यार्थीलाई सम्झाई वुझाई गर्ने गरेका छन् ।

वालक्वल र स्काई क्वलका वालवालिकाको गतिविधिले आफूहरुलाई समेत उत्साहित वनाएको उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफलेले वताए ।
…..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: