मेचीनगर । मेचीनगरकी रेनुका डाँगी उप्रेतीले शुक्रबार आफ्नो जन्मदिन अलिक फरक ढंङ्गले मनाएकी छन् ।
नगरकै २० जना बालबालिकाको आफु आवद्व सहकारीमा खाता खोलीदिएर फरक ढंङ्गले डाँगीले आफ्नो जन्मदिन मनाएकी हुन् ।
मेचीनगर–९ स्थित गृहलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रहेकी डाँगीले बालबालिकाको उक्त सहकारीमा बाल बचत खाता खोल्दिएकी थिइन् ।
ज्याला मजदुरी गरी जिवन गुजारा गरिरहेका २० परिवारका २० जना बालबालिकाको खाता खोलिदिएको संस्थाले जनाएको छ ।
बालबालिका तथा अन्य शिर्षकमा सहकारीमा नागरिकमा वचत गर्ने बानीको विकास होस भन्ने उद्देश्यले पनि जन्मदिनमै बालबालिकाको बाल बचत खाता खोलदिएको डाँगीले जानकारी दिइन् ।