बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न तालिम

  प्रकाशित मिति
२७ असार २०७३, सोमबार २०:३३


DSC07896 (1)

शान्तिनगर । गढीगाउँ उमावि शान्तिनगर कक्षा १० मा अध्ययनरत मनिषा गुरुङले भविष्यमा सफल गायिका बन्ने लक्ष्य लिएकी छिन् । यस वर्षको एसएलसीको तयारी गरिरहेकी उनी पढाइसँगसँगै आफ्नो प्रतिभालाई समेत प्रस्फुटन गराउँने धाउन्नमा छिन् । हप्तामा ६ दिन पढाइलाई समय छुटाउने गरेकी मनिषा एक दिन सङ्गितलाई खर्चिने गरेकी छिन् । ‘पढाइ भन्दा ठूलो कुरा अरु केही होइन’ सङ्गितको कक्षा लिँदै गर्दा भेटिएकी मनिषाले भनिन्–‘पढाइ सँगसँगै मेरो लक्ष्यलाई समेत पूरा गर्ने तयारीका साथ लागेको छु ।’

शान्ति निकेतन कक्षा ९ मा अध्ययन गर्दै गरेकी पुजा दाहालको लक्ष्य अलिक फरक छ । उनी सफल रेडियो आरजे बन्न चाहान्छिन् । रेडियो बोलेको सुन्दा आफु पनि बोल्न पाए हुन्थ्यो भन्ने व्यग्र इच्छा नपलाएको होइन तर, त्यो स्थानमा पुग्न कसरी भन्ने चिन्ताले सताइरहेको थियो उनलाई । पढाइमा समेत अब्बल रहेकी पुजा अहिले नृत्य र उद्घोषण तालिममा हरेक शनिवार सहभागि हुँदै आएकी छिन् ।

मनिषा र पुजा त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू शान्तिनगर क्षेत्रका जस्ता १ सय २० जना बालबालिका आफुलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न यतिबेला अहोरात्र लागिपरेका छन् । उनीहरूको चाहना अनुसारको प्रतिभालाई प्रस्फुटन गराउने माध्यम बनेको छ । सिद्धेश्वर शिव मन्दिर शान्तिनगर–२ । जसले ५६ हप्तादेखि निरन्तर हरेक शनिवारलाई सदुपयोग गर्दै बालबालिकाको प्रतिभा उजागर गर्ने काम गरेको छ ।

शिव मन्दिर समितिको आयोजनामा शुरु गरिएको उद्घोषण, नृत्य, गायन, अभिनय तालिममा यस क्षेत्रका सबै बालकालिकाहरूको सहभागिता रहेको छ । प्रत्येक शनिवार २ घण्टाको समय उनीहरूले यसमा बिताउँने गरेका छन् । अझ सकारात्मक पक्ष त के छ भने यस तालिममा सहभागि हुने विद्यार्थीले मासिक १ सय रुपैया बुझाउनु पर्छ । त्यो पनि आफ्नै लागि । यस अभियानबाट उठेको रकमले सोही मन्दिरमा सविधासम्पन्न पुस्ताकालय बनाउने लक्ष्य मन्दिर समितिले लिएको छ । जसका लागि काम समेत शुरु भएको छ । ‘यो सबै बालबालिका लागि गरिएको हो’ अभियानका सहजकर्ता बासुदेव न्यौपानेले भने–‘उनीहरूले बुझाएको रकमले यस क्षेत्रमा पुस्ताकालयको स्थापना गरेर बालबालिकालाई पढ्ने वातावराण बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

तालिममा नृत्यका लागि नृत्य निर्देशक ज्ञानु सुब्बा, गायनमा कृष्णन्यौपाने, अभिनयमा कृष्ण कुइँकेल र उद्घोषणका लागि बासदेव न्यौपानेले सहजीकरण गरिरहेका छन् । उनीहरू सबै निशुल्क रुपमा बालबालिकालाई सिकाउँदै आएका छन् । ‘मरेर केही पनि लानु छैन’ कृष्ण कुइँकेलले भने–‘कमसेकम बाँचिन्जेल राम्रो काम गर्न सकियो भने यसमै भलाई हुन्छ । थोरै भए पनि यस क्षेत्रका बालबालिकालाई राम्रो ठाउँमा पु¥याउन सकिन्छि ।’

यसो त उनीहरू व्यहारिक सीप सिकाउन पनि लागि परेका छन् । जसको जुन क्षेत्रमा इच्छा छ त्यहि क्षेत्रको काम गर्न सिकाइन्छ । गाउँ घरमा काम दिने खालका सी सिकाइने गरेको छ । कपाल काट्न, टपरा गास्नलगायतका सीप समेत सिकाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: