बालबालिकाको भत्ता कटौती गरेकोमा मेचे समुदायको आपत्ति

  प्रकाशित मिति
११ श्रावण २०७७, आईतवार १६:३४


मेचीनगर, ११ साउन । लोपोन्मुख जाति मेचे समुदायका बालबालिकालाई दिदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरिएकोमा उक्त समुहले विरोध गरेका छन् ।

आइतबार झापाका मेचे समुदायका अगुवाहरुले मेचीनगर नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाएका हुन् ।

मेचे सिवायारी आफत नेपालका अध्यक्ष रञ्जित मेचेको नेतृत्वमा गएको टोलीले नगरप्रमुख विमल आचार्यलाई बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा ध्यानआकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो ।

सरकारले आर्थिक वर्ष २०७६÷७७ को गत चैतदेखि असार महिनाको बालबालिकाको भत्ता कटौती गरेको थियो ।

बालबालिबालाई प्रत्येक महिना ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो । गत चैतदेखि असार महिनाको ४ सय रुपैयाँका दरले मात्र भत्ता पठाएको थियो ।

चार महिनाको २६ सयका दरले भत्ता कटौती गरेकोमा मेचे सिवायारी आफतले विरोध गरेको थियो ।

‘स्थानीय सरकारले भत्ता घटाएको होइन’,नगरप्रमुख आचार्यले भने–‘संघीय सरकारबाटै भत्ता घटाएर पठाएको छ । वडा तथा नगरपालिका कार्यालयले यस विषयमा केहि गर्न सकिदैन । हाम्रोबाट पनि पहल गछौँ तर, त्यसका लागि समुदायले प्रधानमन्त्रीलाई नै भेटेर कुरा राख्नु पर्छ ।’

ज्ञापनपत्र बुझाउनेमा अध्यक्ष रञ्जित मेचे, पूर्व अध्यक्ष रुपेश मेचे, उपाध्यक्ष सन्तोष मेचे, महासचिव विरेन मेचे, सचिव विनोद मेचे, ११ नम्बर वडाका वडाध्यक्ष सन्तोष मेचे, नगरपालिका कार्यपालिका सदस्य पूर्ण मेचे लगायतको सहाभागिता थियो ।

झापामा ५ हजार भन्दाबढी मेचे समुदायको बसोबास छ । त्यमध्ये २ सयजति बालबालिकाले उक्त भत्ता पाउदै थिए । पाँच वर्षका मुनिका उक्त समुदायका बालबालिकालाई सरकारले भत्ता दिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: