बाल उत्सवको तयारी तीब्र

  प्रकाशित मिति
६ फाल्गुन २०७३, शुक्रबार १८:३६


bal

धुलाबारी । नेकपा एमाले क्षेत्र नं. १ ले यही फागुन ९, १० र ११ बालबालिकालाई लक्षित गरी झापामा पहिलोपटक गर्न लागेको बाल उत्सवको तयारी तीब रुपमा भइरहेको जनाएको छ ।

शुक्रबार उत्सव स्थल धुलाबारीमै पत्रकार सम्मेलन गरी आयोजक समितिले तयारी अन्तिम चरणमा पुगको जनाइएको  हो ।

भोलिका भविष्यका कर्णधार रहेका बालबालिकाको क्षमता अभिवृद्धि गर्ने र उनीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बाल उत्सवको आयोजना गरेको आयोजक समितिका संयोजक विष्णु प्रसाईँले बताए । उनले कार्यक्रममा भाषण भूषण नहुने बताउँदै वर्गीय चेतना र स्थानीय विषयवस्तुमा बालबालिकालाई केन्द्रित गर्ने बताए ।

उत्सव स्थलमा बालबालिकाले गरेका कार्यक्रमलाई सामाजिक सञ्चाल यूटुब राखिने आन्तरिक व्यवस्थापन समितिका संयोजक दीपक भण्डारीले बताए । उनले उत्सवमा बालबालिकाले गरेका गतिविधि संसारमा बहसको विषय समेत हुनेसक्ने आशा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा सांसद रविन कोइरालाले यो कार्यक्रमले सामाज र राजनीतिसँग बालबालिकालाई पनि जोडिने बताए । उनले यो नौलो अभ्यास भएको बताउँदै यसले सामाजिक रुपान्तरण गर्न समेत विशेष योगदान पुर्याउने बताए ।

कार्यक्रममा तारामण्डल देखाउने, रोर्वट बनाउन सिकाउने लगायतका विज्ञापनसँग सम्बन्धित प्रविधिको समेत प्रर्दशन गरिने संयोजक भण्डारीले बताए । उनले कार्यक्रममा केपी शर्मा ओली, राजेश हमाल, टीका भण्डारी, डा. विजय चालिसे, शंकर पोखरेल, सौनव भट्टलगायतका व्यक्तित्वबाट बालबालिकालाई उत्प्रेणा जगाउने गीत संगीत तथा सम्भाषण कार्यक्रम रहेको बताए ।

उत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो खर्च संकलनका लागि पार्टी र स्वयम् बालबालिका नै घरदैलो कार्यक्रममा लागेको आयोजकले जनाएको छ ।

संयोजक विष्णु प्रसाईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव चेतराज विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: