मेचीनगर । मेचीनगर-७ पुरानो भन्सारमा रहेको जागृत बाल उद्धार केन्द्रमा खाद्यान्न अभाव भएको छ ।
बाल गृहमा ८ जना बालिकासहित १४ जना बालवालिकाले आश्रय पाउँदै आएका छन् । लकडाउनका कारण स्टकमा चामल लगायतका खाद्यान्न सकिएर सङ्कट निम्तिएको सञ्चालक समितिका सचिव विकास देबकोटाले बताए ।
‘चामलको स्टक रित्तिएको छ, भरे बेलुका नै पकाएर खुवाउने अन्न छैन,’ सचिव देवकोटाले भने–‘लकडाउन लम्बिएकाले बालवालिकाको विचल्ली भयो ।’
सात वर्षदेखि सञ्चालित सो बालगृहमा ६ वर्षदेखि १८ वर्षसम्मका असहायहरु बस्दै आएका छन् । उनीहरु सबै स्थानीय विद्यालय र क्याम्पसमा पढ्छन् ।
समितिका सचिव देवकोटा (फोन नं. ९८५२६६३५२२)ले दाताहरुसँग तत्काल सहयोगको आह्वान समेत गरेका छन् । त्यहाँका बालवालिकालाई दाताले दिएको सहयोगमा भरणपोषण गरिदै आएको थियो ।