बाल सुबोधिनीमा अब माध्यमिक तहको पढाई

  प्रकाशित मिति
११ माघ २०७७, आईतवार १५:५९



दुहागढी ११ माघ । झापा मेचीनगर–१४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा माध्यमिक तहको उद्घाटन भएको छ ।

आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ट अतिथि उप प्रमुख मिना उप्रेतीले संयुक्त रुपमा माध्यमिक तहको उद्घाटन गरेका थिए ।

विद्यालयकी शिक्षिका कमला कार्कीले आफ्ना दिवङ्गत ससुराबुवा विष्णुकुमार कार्की, सासूआमा होमकुमारी कार्की र पति रमेशकुमार कार्कीको स्मृतिमा निर्माण गरिदिएको विद्यालयको नाम अङ्कित स्तम्भबोर्डको अनावरण गरी माध्यमिक तहको उद्घाटन गरिएको थियो ।

कक्षा ८ सम्म सञ्चालन भइरहेको विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु भएपछि मेचीनगर १४ नं. वडाका विद्यार्थीहरु माध्यमिक तह अध्ययनका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा नगर परिषद् सदस्य लाल महमद मियाँ, कार्यपालिका सदस्य बिन्दा प्रसाईँ, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोख्रेल, विशिष्ट अतिथि उप्रेती र प्रमुख अतिथि आचार्यले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानाध्यापक विश्व थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत व्यवस्थापन समितिका सदस्य मुनिलाल राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: