बाहुनडाँगीबासीले भने–‘गोकुल मार्ग कालोपत्रे गर, कि पानीले धूलो भिजाउ’

  प्रकाशित मिति
२१ मंसिर २०७७, आईतवार १७:१०


मेचीनगर, २१ मंसिर । मेचीनगर वडा नं. २ र ३ का जनताले गोकुल मार्ग धुलाम्य भएर जनस्वास्थ्यमा गम्भीर असर परेको जनाउँदै समाधानका लागि स्थानीय, प्रदेश र संघीय तहका तीनै वटा सरकार गुहारेका छन् ।

गोकुल मार्गसडक खण्ड संयुक्त संघर्ष समितिको नामबाट धुलो पीडित स्थानीयवासीले संघीय सांसद् राम कार्की, प्रदेश सांसद् श्रीप्रसाद मैनाली र नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई मागसहितको ज्ञापन पत्र बुझाएको स्थानीय युवा अगुवा गोपी रिजालले जानकारी दिए ।

स्थानीयवासीले बुझाएको ज्ञापन पत्रमा इतिहास बोकेको सो सडकको कालोपत्रे कार्य अबिलम्ब गर्न र त्यो कार्य नहुञ्जेल नियमित रुपमा सडकमा पानीले भिजाएर धुलो मार्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

‘हामीले तीन वटै तहका सरकारलाई समस्या अवगत गराउँदै ज्ञापन पत्र बुझाएका छौं,’ यसवा अगुवा रिजालले भन्छन्–‘मागको २४ घण्टाभित्र सुनुवाई नभए कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।’

सो सडकमा धुलो बढेर ज्येष्ठ नागरिक, वालवालिका र विरामीहरुको स्वास्थ्यमा गम्भीर असर परेको जनाउँदै स्थानीयवासीले विरोधस्वरुप विगत ५ दिनदेखि ढाट तेस्र्याएर सडक अवरुद्ध गर्दै आएका छन् ।

सो सडकको दक्षिण र उत्तरतिरको भागमा कालोपत्रे गरिए पनि बीच भाग अधुरै छाडिएको छ । सडक कहिले बन्ने र कसले बनाउने भन्ने बारेमा नगरपालिका र नेताहरुले स्थानीयवासीलाई सही सूचना नदिएर झुक्याउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: