बाहुनडाँगीमा एसियन पर्यटन महोत्सव हुँदै

  प्रकाशित मिति
२ माघ २०७५, बुधबार ०९:१५


मेचीनगर । प्रदेश नं. १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौं एसियन ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।

माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटान लगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताएका छन् ।

विहीवार काँकरभिट्टा होटल क्वालिटीमा पत्रकार सम्मेलन गरी महोत्सव सम्बन्धी जानकारी दिइएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, १ नं. प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसीज, ग्रीन जेनेरेसन, ट्राभल्स सङ्घ झापा लगायतका संस्थाले सघाउने भएका छन् ।

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिस्ट गाइड सम्बन्धी तालिम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरुको स्टल विशेष आकर्षणको रुपमा रहने महोत्सवका प्रवक्ता प्रविन भण्डारीले बताए ।

महोत्सवमा देशभित्र र भारतका समेत कलाकारहरुको साङ्गीतिक प्रस्तुतिसहितको जमघट रहने जनाउँदै होमस्टे, मानव हात्ती द्वन्द्व व्यवस्थापन लगायतका जल्दोबल्दो विषयमा अनुभव आदान प्रदानको अवसर प्राप्त हुने ग्रीन जेनेरेसन झापाका महासचिव पुष्कर ढकाल बताउँछन् ।

ग्रामीण पर्यटनको माहोल तयार पार्दै मुलुकले पर्यटनमार्फत आँकेको समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुङ्गा सावित हुने ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्की बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: