बाहुनडाँगीमा जेसिजको लोम अफिसर तालिम

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार २०:२४


मेचीनगर, १ फागुन । बाहुनडागी जेसीजको आयोजनामा आज यहाँ लोम अफिसर एन्ड प्रि–इन्डक्सन तामिल सम्पन्न भएको छ ।
कार्यक्रम मेचीनगर–२ भृकुटी बजार पश्चिमको जेष्ठ चौतारी भवनमा गरिएको थियो ।

यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जेसी दिपक बरालले गरेका थिए भने प्रमुख अतिथि मेची उद्योग वाणिज्य संघका सचिव रबिचन्द्र नेपाल थिए ।

अतिथिहरुमा कार्यक्रम संयोजक बेग बहादुर सुनुवार र धुलाबारी जेसीजका पूर्व अध्यक्ष अनन्तप्रकाश वस्ती थिए । सो अवसरमा निर्मला प्रधानले जेसीज आस्था बाचन गरिन् । स्वागत मन्तव्य कार्यक्रम संयोजक बेग बहादुर सुनुवारले राखेका थिए भने कार्यक्रमको औचित्य माथि अध्यक्ष बरालले प्रकाश पारेका थिए ।

अन्त्यमा प्रमुख अतिथिको मन्तव्य पछि प्रशिक्षक अनन्त प्रकाश वस्ती र रबिचन्द नेपाललाई मायाको चिनो संस्थाका अध्यक्षले प्रदान गरेका थिए ।

जेसीजका पदाधिकारीहरुले गर्नु पर्ने कार्य के के हुन् , यस संस्थाको मुख्य उद्देश्य र कार्यहरु के के हुन् लगायत कुराहरुको विषयमा प्रशिक्षक वस्तीले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव केवल निरौलाले गरेका थिए ।

–गगन ढकाल

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: