बाहुनडाँगीमा सशस्त्र प्रहरीको भवन उद्घाटन

  प्रकाशित मिति
७ माघ २०७२, बिहीबार ०८:२७


IMG_0077

बाहुनडाँगी । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बाहुनडाँगीको नव निर्मित भवनको बुधबार एक कार्यव्रmमका बीच उद्घाटन गरिएको छ ।
८८ लाख ६४ हजार ४ सय ८७ रूपैयाँको लागतमा निर्माण भएको भवनको उद्घाटन पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विव्रmम शाहले गरेका हुन् ।

बाहुनडाँगीका स्थानीयबासीको पहलमा स्थापना भएको पोष्टको भवन निर्माणका लागि हरिप्रसाद उप्रेती, टिकामाया कार्की, सरिता दाहाल, हेमराज भारती, अणप्रसाद पोखरेल, दुर्गादेवी दाहालले १÷१ कठ्ठा र धनबहादुर बुढाथोकीले साढे १९ धुर जग्गा निःशुल्क रूपमा प्रदान गरेका थिए ।

ब्राइटबुल आर्शिवाद स्वामी नारायण निर्माण सेवा उदयपुरले निर्माणको जिम्मा लिएर गत असारमा कार्यालयलाई जिम्मा लगाएको बाहुनडाँगीका सशस्त्र प्रहरी निरीक्षक शमसेर कार्कीले बताए ।

निर्माण गरिएको भवनमा कार्यालय भवन १, शौचालय १, व्यारेक भवन २, मेस १ रहेको छ । २०६८ साल चैतमा बाहुनडाँगीमा स्थापना गरिएको यो कार्यालय २०६९ साल असोजमा नेपाल सरकारबाट स्वीकृत प्राप्त गरेको थियो ।

सोही अवसरमा जग्गादाता सरिता दाहाल, अणप्रसाद पोखरेल, दुर्गादेवी दाहाल, धनबहादुर बुढाथोकी तथा सहयोगीहरू अर्जुन कार्की, नविन बराल र डम्बर कोइरालालाई सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विव्रmम शाहको प्रमुख अतिथिमा सम्पन्न कार्यव्रmममा स्वागत तथा कार्यालयको प्रतिवेदन सशस्त्र प्रहरी निरीक्षक शमसेर कार्कीले प्रस्तुत गरेका थिए ।

कार्यव्रmममा मेची अञ्चल प्रहरी प्रमुख केदार रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी डम्बरूप्रसाद निरौला, इलाका जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बल पाथिभरा गणका गणपति भरतबाबु केसी, सशस्त्र प्रहरी बल झापाका प्रमुख शान्तिकुमार कार्की, सिद्धकाली गण सुनसरीका गणपति रमेश सुवेदी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकृष्ण अधिकारीे, सशस्त्र पहरी बल काँकरभिट्टाका प्रमुख प्रेम भण्डारी, प्रकृति संरक्षण बाहुनडाँगीका संस्थापक अध्यक्ष अर्जुन कार्की, वर्तमान अध्यक्ष निरज घिमिरे, बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष नविन बराल, महेन्द्रद्वार सहकारी अध्यक्ष निलकण्ठ तिवारी, साना किसान सहकारीका प्रवन्धक पोषक दर्जी, एमाले गाउँ कमिटि अध्यक्ष हर्कबहादुर बस्नेत, काङ्गे्रसका गाउँ समिति सभापति ढुण्डीराज पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: