‘बाहुनडाँगीलाई राष्ट्रमा चिनाउनु छ’

  प्रकाशित मिति
९ आश्विन २०७३, आईतवार १०:३४


34

गहभरी आँसु देख्दा, रुन्छ मन कता कता
भक्कानिदै बोल्छ्यौ तिमी, छुन्छ मन कता कता
कयौं थिए अघिपछि, कुन्नि किन थाहा छैन
मनकी रानी तिमीलाई नै, चुन्छ मन कता कता
मानिसको भिडभित्र, कोलाहलको माझबाट
तिम्रै मधुर स्वर मात्रै, सुन्छ मन कता कता
तिमी रुँदा रोइदिन्छ, तड्पिदिन्छ, छट्पटिन्छ
तिमी हाँस्दा मात्र खुशी, हुन्छ मन कता कता
हृदयमा तिमीलाई नै, बिराजमान गराएर
सँगै बाँच्ने मर्ने इच्छा, बुन्छ मन कता कता

मैले यसअघि नै उहाँलाई तपाईं राम्रो गजलकार हो, पत्रिकाको लागि एउटा गजल दिनुहोस् भनेको थिएँ । सोही अनुसार उहाँले गजल तयार गरेर पठाउनु भयो । तर, समयले साथ नदिएर उहाँको गजललाई प्रकाशन गर्न सकिएको थिएन । आज त्यही गजलका हरफबाट यो साताको व्यक्ति विषेश स्तम्भ तयार गरेको छु ।

बाहुनडाँगी–१ का उर्जाशील युवा व्यक्ति पुष्कर ढकाल यस क्षेत्रको परिचित नाम हो । शिक्षा र समाजलाई साथै लिएर अघि बढेका ३२ वर्षीय ढकाल सानै उमेरमा यो समाजका लागि उदाहरणीय व्यक्तिको रुपमा स्थापित हुन सफल भएका छन् । पुष्करजीसँग मेरो भेट भएको धेरै वर्ष बितेको छैन । तर, जुन बेला मैले भेट्ने अवसर पाएको थिएँ, त्यहीबेला उनको बोली व्यवहारसँग म निकै प्रभावित भएको थिएँ । सरल स्वभाव, साधारण व्यक्तित्व र हरेक शब्द र बोलीमा हँसाउने उहाँको बानी सायदै कमैमा मात्र पाइन्छ । जुनसुकै बेला पनि जोक्स भनेर हँसाउन खप्पिस उनलाई म जोक्स मास्टर पनि भन्न रुचाउँछु । किनकी उनी यो हँसाउने बानीले धेरैलाई प्रभाव पारेको छ । त्यसपछिका हरेक भेटमा एउटा न एउटा रमाइलो जोक्स सुनाउने गर्नुहुन्थ्यो ।
पेशाले उनी शिक्षक हुन् तर, सामाजिक क्षेत्रमा पनि उनको योगदान उत्तिकै छ । जेसीजका माध्यबाट समाज परिवर्तन गर्ने लक्ष्य लिएर अहोरात्र लागि परेका छन् उनी । उनी भन्छन् –‘आफ्नो योग्यता र क्षमताले भ्याएसम्म यो समाजका लागि गर्नेछु । किनकी मलाई यही समाजले बाँच्न सिकाएको छ । यही ठाउँमा जन्मेकाले मैले यो ठाउँका लागि केही गर्नुपर्छ ।’

वि.सं २०४१ साल पुस ४ गते बुबा कृष्ण ढकाल र आमा रुक्मा ढकालका एक्लो छोराका रुपमा जन्मिएका उनी सानै उमेरदेखि जिज्ञासु र लगनशील स्वभावका थिए ।

विष्यमा सामाजिक क्षेत्रमा रहेर समाजसेवा गर्ने लक्ष्य लिएका उनी अन्ततः अहिले यही समाज परिवर्तनका लागि लागि परेका छन् । भानु मावि भृकुटीबाट एसएलसी उत्तीर्ण गरेका ढकालले इलाम उमाविबाट प्लस टु, महेन्द्र बहुमखी क्याम्पस इलामबाट स्नातक र नेपाल कमर्श क्याम्पस काठमाडौँबाट स्नाकोत्तर (एमवीएस) गरेका छन् । हाल उनी एमएड अध्ययनरत पनि हुन् ।

मेची जनसाधारणमा माविमा उमावि तहमा निजी दरबन्दीबाट शिक्षण पेसामा प्रवेश गरेका ढकालले २०७० सालको शिक्षक सेवा आयोगबाट प्रावि तहमा आफ्नो नाम सुरक्षित गरेका थिए । त्यसपछि उनलाई २०७१ सालमा सोही विद्यालयमा नियुक्ति गरियो ।

यसो त उनी शिक्षण पेसा बाहेक सामाजिक क्षेत्रमा पनि उत्तिकै व्रिmयाशील छन् । सन् २०१० मा नविन बरालको अध्यक्षतामा बनेको बाहुनडाँगी जेसीजको संस्थापक महासचिव बने उनी । त्यसपछि निरन्तर जेसीजमा लागेर आफ्नो व्यक्तित्व विकास गर्न थाले । कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका ढकाल हाल वर्ष २०१६ को बाहुनडाँगी जेसीजको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रका युवा पुस्तालाई जेसीजमा आबद्ध गराएर उनीहरूको व्यक्तित्व र नेतृत्व विकास गराउन तल्लीन छन् उनी ।

यसैगरी, सामुदायिक सेवा सङ्घ बाहुनडाँगीको आजीवन सदस्य, तथा लेखा समिति सदस्य छन् भने बाहुनडाँगी बाल संरक्षण समितिको संयोजकको जिम्मेवारी पनि उनकै काँधमा रहेको छ ।

‘एक दिन बाहुनडाँगीलाई राष्ट्र चिनाउनु छ,’ कुराकानी व्रmममा ढकालले भने, ‘अहिले त हात्ती पाइने ठाउँ मात्र भनिन्छ । तर एकदिन यो ठाउँ हरेक कला र संस्कृतिले भरिपूर्ण रहेको पर्यटकीय स्थल पनि हो भन्ने बनाउनु छ । जेसीजका माध्यमबाट यहाँका युवाहरू देश हाक्न सक्ने बनाउनु छ ।’

‘उहाँ यस क्षेत्रको कुशल व्यक्तित्व हो’ बाहुनडाँगीका स्रोत व्यक्ति दीपेन्द्र कन्दङ्वाले भने, ‘हरेक क्षेत्रमा अब्बल रहेर समाजको नेतृत्व गर्न सक्ने क्षमता उहाँसँग छ ।’

साहित्य क्षेत्रमा पनि उनको रुचि उत्तिकै छ । गजल, साइरी, कविताका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन् । कुनै बेला झापाका जिल्ला स्तरीय व्रिmकेट खेलाडीका रुपमा स्थापित भएका ढकाल आफ्नो अध्ययनका कारण खेललाई निरन्तरता दिन नसकेको बताउँछन् । तर, पनि व्रिmकेटप्रतिको मोह उनमा घटेका छैन ।

२०६९ सालमा चारआली निवासी सारदा न्यौपानेसँग विवाह गरेका उनका २ वर्षका छोरा शुभम् छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: