बाहुनडाँगी जेसीजको पद हस्तान्तरण

  प्रकाशित मिति
१२ फाल्गुन २०७६, सोमबार १५:२८


मेचीनगर । बाहुनडाँगी जेसीजको ८ औँ पद हस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ ।

बाहुनडाँगी सामुदायिक हलमा भएको कार्यक्रममा २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले २०२० का अध्यक्ष सागर कार्कीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरणसहित सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो वार्डमा विभिन्न पदमा मनोनित गरेका थिए ।

शाखाको महासचिवमा हेमन्त मोक्तान, कोषाध्यक्षमा किशोर भट्टराई, कानुनी सल्लाहकारमा नृत्यानन्द चम्लगाई, तालिम संयोजकमा जगत भण्डारी, कार्यक्रम संयोजकमा प्रविण भण्डारी, जनसम्पर्क अधिकारीमा कमला शर्मा, शाखा सम्पादकमा सविना भट्टराई, सचिवमा निकेश दाहाल, खेलकुद संयोजकमा सरोज कार्कीलाई मनोनित गरेका छन् ।

यसअघि भएको निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षमा देबु बानियाँ, कौशल उप्रेती, उपाध्यक्षहरुमा सचिन सुब्बा, सुमन थापा, विजेता भण्डारी र पुकारराज चौधरी सर्वसम्वत निर्वाचित भएको निर्वाचन आयुक्त एवम् शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले सोही समारोहमा नाम घोषणा गरेका थिए ।

उनीहरु सबैलाई २०२० का अध्यक्ष कार्कीले सयुक्त रुपमा सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: