बाहुनडाँगी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको महिला विभागद्वारा संस्थाको बाहुनडाँगी कार्यालयमा समावेशी तीज मनाइएको छ ।
समितिका संयोजक भगवती घिमिरे मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमममा तीज गीतमा नृत्य गरिएको थियो । बाहुनडाँगी सेवा केन्द्रको स्थानीय व्यवस्थापनमा बाहुनडाँगी सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा करिब ४ सय ५० जनाको उपस्थिति रहेको थियो । कार्यव्रmममा परम्परागत भेषभुषासहितको सङ्गीनी नृत्य, तामाङ सेलो, राष्ट्रिय भावनाले ओतप्रोत भएका राष्ट्रगानका गुञ्जनले कार्यव्रmम थप रोमाञ्चक भएकोे थियो ।
कार्यव्रmममा बाहुनडाँगी सेवा केन्द्रका कार्यालयगत समिति सदस्यलगायत इकाइ समिति सदस्यहरूको उल्लेखीय उपस्थिति रहेको थियो ।
तीज पर्व हिन्दू महिलाहरूको मात्र पर्व मात्र नभएर सम्पूर्ण जातजातिको पर्व रहेको हुँदा महिला सशक्तिकरण कार्यव्रmम अन्तर्गत यस किसिमका पर्वहरूलाई थप संरक्षण गर्न जरुरी रहेको कुरा प्रमुख अतिथिले मन्तब्यको क्रममा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन बाहुनडाँगी कार्यालयकी सदस्य गौरी राईले गरेकी थिइन् ।
(२०७३ भदौ १७ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)