बाह्रका वडाबासीले घरैमा सूचना

  प्रकाशित मिति
१२ पुष २०७४, बुधबार १३:०६


धुलावारी । विश्वमा प्रविधिले द्रूतगतिमा फड्को मारिरहेको छ । विकासोन्मुख मुलुकमा भने सबैतिर यसको पहुँच विस्तार हुन अझै सकेको छैन । तर पनि विस्तारै फड्को मारिरहेको प्रविधिलाई मेचीनगरको एक वडा कार्यालयले प्रयोगमा ल्याउने तयारी गरेको छ ।

मेचीनगरको १२ नं वडा कार्यालयले ‘मेचीनगर–१२’ नामक मोवाइल एप बनाउने भएको हो । मोवाइल एपको नगर परिषदको बैठकपछि लञ्च गरिने वडा सचिव सुदर्शन बरालले जानकारी दिए । ‘मेचीनगर–१२’ नामको मोवाइल एपमा वडामा रहेका सबै मठमन्दिर, धार्मिक स्थल तथा शैक्षिक प्रतिष्ठानको बारेमा जानकारी राखिनेछ ।

वडाबाट दिने सबै सेवा सुविधाको बारेमा जानकारी समेत राखिने वडा सचिव बराल बताउँछन् । अहिलेको युग भनेको सञ्चारको युग भएकाले यो एप सेवाग्राहीका लागि उपयागी हुने वडाध्यक्ष नरेन्द्र धिमालले बताए ।

‘यो एपमा मेचीनगर–१२ मा रहेको सम्पूर्ण कुराको बारेमा जानकारी राखिएको हुन्छ,’ वडाध्यक्ष धिमालले भने–‘यहाँको जनसङ्ख्या, भूगोल, साक्षरता अनि जातजातिको बारेमा थाहा पाउन सकिनेछ ।’ मोवाइल एपमा वडाको आर्थिक गतिविधिका बारेमा समेत जानकारी राखिने उनको भनाई छ ।

नगरपरिषद सम्पन्न नहुँदा करको दायरा र सञ्चालन हुने कार्यक्रमका बारेमा थाहा हुन नसकेकाले एपमा अद्यावधिक गर्न नसकिएको वडा सचिव बरालले बताए । नगर परिषद सम्पन्न भएपछि यी कुराहरु अद्यावधिक गरी एप सार्वजनिक गरिने वडा सचिव बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: