झापा । कोरोना संक्रमित बाह्रदशीका ६३ वर्षीय वृद्व कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट आइतबार डिस्चार्ज भएर घर फर्किएका छन् ।
वैशाख १२ गते कोरोना देखिएपछि झापाको बाह्रदशीका ६३ वर्षीय वृद्धलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
उनीसँगै भोजपुरका एकजना युवा पनि कोरोना मुक्त भएर घर फर्किएका छन् ।
विराटनगरबाट दुई जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका हुन् ।
भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए ।
कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।
‘रिपोर्ट नेगेटिभ आएपछि आइतबार दुई जनालाई डिस्चार्ज गरेका छौं,’ सिग्देलले भने, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरु घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’
आइतबार दुई जना डिस्चार्ज भएसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।
यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए ।
१६ जना डिस्चार्ज भएपनि अस्पतालमा चार जना बिरामी थपिएका छन् ।
डाक्टर सिग्देलका अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् ।