बाह्रदशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

  प्रकाशित मिति
४ जेष्ठ २०७९, बुधबार ०९:२९


मेचीनगर, ४ जेठ । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा देबेन्द्र प्रसाद चम्लगाई र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्बाचित हुन भएको हो ।

अध्यक्षमा निर्बाचित चम्लागाईले ७ हजार १ सय ४८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा निर्वाचित खरेलले ६ हजार ६ सय ३६ मत प्राप्त गरेकी छिन् ।

गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नु भएका नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।
यता उपाध्यक्षमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बन्नु भएकी कमला राजवंशीले ४ हजार १ सय ९५ मत प्राप्त गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: