बाह्रदशी र गौरादहमा फरफरायो काङ्ग्रेसको झण्डा

  प्रकाशित मिति
२१ असार २०७४, बुधबार ११:२१


12

गौरादह नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काङ्ग्रेसका रोहितकुमार साह निर्वाचित भएका छन् ।

शाहले १० हजार ३०८ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदनप्रसाद अधिकारीले ९ हजार ८५४ मत प्राप्त गरेका थिए । नगर उपप्रमुख पदमा नेकपा एमालेका गीता भेट्वाल निर्वाचित भएकी छन् । भेट्वालले १० हजार ६२० मत ल्याएकी थिइन् भने उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काङग्रेसकी सुमित्रा खरेलले ७ हजार ९११ मत प्राप्त गरेकी थिइन् ।

गौरादह नगरपालिकाको सम्पन्न स्थानीय तहको निर्वाचनमा गौरादह नगरपालिकामा वडा नं. १ मा नेपाली काङ्ग्रेसका एक वडा सदस्य बाहेक सबै नेकपा एमालेका उम्मेद्वार विजयी भएकाछन् भने वडा नं. २, ६ र ९ मा नेपाली काङ्ग्रेसका उम्मेद्वारहरु प्यानलनै विजयी भएका छन् । नगरका बाँकी वडाहरु ३, ४, ५, ७ र ८ वडाहरुमा नेकपा एमालेका उम्मेद्वारहरु प्यानलनै विजयी भएका छन् ।

त्यसैगरी, विर्तामोड । मध्य झापाको बाह्रदशी गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेद्वारले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेका छन् ।

अध्यक्षमा खड्गप्रसाद राजबंशी (५५३९ मत) र उपाध्यक्ष पदमा रत्ना राजबंशी (५४५३ मत) विजयी भएका हुन् ।

अध्यक्ष पदमा खड्गका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ मत र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याएका छन् ।

अध्यक्ष पदमा पराजित भएका एमालेका पाठक तत्कालीन डाँगीबारी गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: