बिमाबाट आएको एक लाखले विपन्न ३०० जनाको कोरोना बिमा गरिदिए मन्त्री भट्टराईले

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार १८:०३


झापा, १० मङ्सिर । कोरोना बिमामार्फत पाएको एक लाख रुपैयाँबाट पर्यटन मन्त्री योगेश भट्टराईले विपन्न जिल्लाबासीहरुको कोरोना बिमा गरिदिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई गत महिना कोरोना संक्रमित भएका थिए । त्यसवापत उनलाई बिमा कम्पनीले १ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

प्रेस संयोजक राजेन्द्र श्रेष्ठका अनुसार मनत्री भट्टराईले आफ्नो तलबभत्ताबाट निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा यसअघि पनि गरिदिएका हुन् ।

उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका विपन्न विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गरेका हुन् ।

उनले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कूल १ हजार ५७६ जनाको कोरोना बीमा गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: