बिरामीको विश्वास जित्दै मेची अस्पताल

  प्रकाशित मिति
२६ भाद्र २०७३, आईतवार १६:४५


mechi-hospital
विर्तामोड । मेची अञ्चलकै ठूलो सरकारी अस्पताल मेची अञ्चल अस्पताल भद्रपुरमा केही वर्ष अघिसम्म विरामी उपचारका लागि जान मान्दैनन् थिए । त्यहाँ राम्रो उपचार हँुदैन भन्ने आम सेवाग्राहीको बुझाइ थियो । तर, पछिल्लो समय मेची अञ्चल अस्पतालमा जटिल रोगको सफल उपचार हुन थालेपछि सेवाग्राहीको बुझाइमा पनि परिवर्तन आएको हो । अस्पतालमा अत्याधुनिक मेसिन भित्रिएसँगै विरामीको सस्तो शुल्कमा सफल उपचार हुन थालेपछि उपचारमा विश्वसनीयता बढेको छ ।

अधिकांश गम्भीर प्रकृतिका रोगको उपचार अहिले मेची अस्पतालमै सफल भइरहेको छ । एक वर्षको अवधिमा सो अस्पतालबाट लगभग ६५ हजारभन्दा बढी विरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष ०७२÷०७३ मा ओपीडीमा ४७ हजार ५ सय ६३, इमर्जेन्सीमा ११ हजार ८ सय ४३ र अन्तरङ्ग विभागबाट ५ हजार ८ सय ५४ जनाको सफल उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

विभिन्न विभाग अन्तर्गत उनीहरुको उपचार सफल भएको अस्पतालका सूचना अधिकृत मनोज पोखरेलले बताए । गतवर्ष ओपीडीमा ४५ हजार १ सय १९, इमर्जेन्सीमा १० हजार ७ सय ८५ र अन्तरङ्गमा ५ हजार ८ सय ११ जना विरामी भर्ना भएका थिए । गतवर्षको तुलनामा यो वर्ष विरामी बढी भर्ना भई उपचार पाएका छन् । अस्पतालको उपचार सेवा भरपर्दाे हुन थालेपछि विरामी आउने व्रmम बढेको पोखरेलको भनाइ छ । हाल अस्पतालमा दैनिक ५ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको उनले बताए ।

त्यस्तै, ०७२÷०७३ मा १० हजार १९ जना महिलाले अस्पतालबाट प्रसुति सेवा लिएका छन् । अघिल्लो वर्ष ११ हजार २० जनाले प्रसुति सेवा लिएको अस्पतालले जनाएको छ । सोही अवधिमा ४ सय ८ वटा प्रसुतिको जटिल अप्रेसन सफल भएको छ । त्यसमध्ये ५ सय ६८ वटा नर्मल डेलिभरी भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । ४३ वटा प्रसुतिको जटिल उपचार सफल भएको छ ।

अस्पतालले बढी जसो गम्भीर प्रकृितका विरामीलाई रेफर गर्दै आएको थियो । तर, अहिले अस्पतालमै सबै खाले अप्रेसन सफल हुन थालेपछि रेफर गरिएका विरामीको सङ्ख्या पनि घटेको छ । ०७२÷०७३ मा ३ सय ९१ जना विरामीलाई अस्पतालले अन्यत्र रेफर गरेको छ । जसमा २ सय ३५ महिला र १ सय ५६ पुरुष छन् । सोही अवधिमा उपचारका व्रmममा ४२ जनाको अस्पतालमा मृत्यु भएको तथ्याङ्क छ ।
अस्पतालमा भर्खरै बेहोस पारेर अप्रेसन सफल रुपमा गरिएको छ । यसअघि यस्तो प्रकृतिको अप्रेसन अस्पतालमा भएको थिएन । झापा भद्रपुरकी एक महिलाको पित्तथैलीको अप्रेसन बेहोस पारेर गरिएको थियो । अस्पतालमा बेहोस पारेर अप्रेसन गर्ने दुईजना डाक्टर छन् । एकजना दरवन्दीकै डाक्टर दिवश मानन्धर हुन् भने अर्का एक डा.लाई अस्पतालले बाहिरबाट बोलाउने गरेको छ ।

अत्याधुनिक मेसिन ल्याएसँगै उपचारमा गुणस्तरीयता बढेको अस्पतालका सुपरिटेण्डेन्ट पिताम्वर ठाकुर बताउँछन् । उनका अनुसार अस्पतालमा दरवन्दी अनुसारको विशेषज्ञ डाक्टरहरु कम भएपनि उपचार सेवा भरपर्दाे नै रहेको छ । ‘हामी सेवामा प्रतिबद्ध छाँैं,’ उनले भने, ‘यसले पनि विरामी उपचारका लागि यहाँ आउने गरेका छन् ।’ थाइराइड जाँच्ने मेसिन आएपछि यसको उपचार पनि हुन थालेको उनले बताए । ‘अहिले हामीसँग दक्ष जनशक्तिको अभाव छ,’ ठाकुरले भने, ‘यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।’
अप्रेसन थिएटर र आइसीयु कक्षको निर्माण कार्य पनि अघि बढाइएको उनले बताए । अप्रेसन थिएटरको सेवा सुरु भइसकेको छ भने आइसीयु दसैँपछि सञ्चालनमा आउने छ । आइसीयु र सिसीयु सेवा नहुँदा गम्भीर खाले विरामीलाई रेफर गर्नु परेको ठाकुरको भनाइ छ । तर, यो सञ्चालनमा आएपछि विरामी रेफर गर्नु पर्ने बाध्यता हट्ने उनको विश्वास छ । यी सेवा सुरु गर्न दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले स्वास्थ्य मन्त्रालयसँग लविङ भइरहेको उनी बताउँछन् ।

दरवन्दी छ, विशेषज्ञ छैनन्
अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरवन्दी छ । तर, ६ जना विशेषज्ञ मात्र कार्यरत छन् । बालरोग विशेषज्ञको ३ जनाको दरवन्दीमा १ जना छन् । गाइनोमा ३ जना हुनुपर्नेमा १ जना, फिजिसियनमा पनि ३ जनाको दरवन्दीमा २ जना विशेषज्ञ डाक्टर छन् । सरकारले दरवन्दी अनुसारको विशेषज्ञ नपठाउँदा उपचारमा समस्या भएको छ । विशेषज्ञ डाक्टर ल्याउनका लागि अस्पताल सञ्चालक समितिले प्रव्रिmया अघि बढाएको सुपरिटेण्डेन्ट डा. ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: