बिरिङमा मलामीको मृत्यु, मेचीमा एक वेपत्ता

  प्रकाशित मिति
२८ असार २०७७, आईतवार ०६:४६


मेचीनगर, २८ असार । झापा गाउँपालिका वडा नं. ५ मा मलामी गएका ३५ वर्षीय राजेश गणेशलाई बिरिङ खोलाले बगाएको छ ।
मलामी नुहाउने क्रममा खोलामा पौडी खेल्दा उनलाई शनिवार दिउँसो खोलाको बाढीले बगाएको थियो ।

बगेर वेपत्ता भएका गणेशलाई घटनास्थलबाट ३ किलोमिटर दक्षिण बाह्रदशी गाउँपालिकाको वडा नं. २ मा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले जानकारी दिएका छन् ।

मेचीमा नुहाउँदा वेपत्ता

प्रहरीका अनुसार भद्रपुर ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा शनिवार वेपत्ता भएका छन् ।

उर्लिदो नदीमा बग्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी गर्दा उनलाई फेला पार्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: