बिर्तामोडका सिटी तथा टेम्पो चालकहरुको स्वाब संकलन

  प्रकाशित मिति
१७ भाद्र २०७७, बुधबार १३:४७


बिर्तामोड, १७ भदौ । बिर्तामोडमा एकैदिन ६ सय ५६ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

बिर्तामोड नगरपालिकाले एकैदिन उक्त संख्याका सिटी तथा टेम्पो चालकहरुको स्वाबको नमुना संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताए ।

‘टेम्पो चालकहरु धेरै जोखिममा छन्, उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं’, उनले भने ।

बिर्तामोड क्षेत्रभित्र रहेका क्वारेन्टिनमा पनि सेवा पर्याप्त मात्रामा दिइरहेको नगरप्रमुख धु्रबकुमार शिवाकोटीले बताए ।

जसका कारण बिर्तामोड अरु पालिकाको तुलनामा केही सुरक्षित रहेको उनको दावी छ ।

उनले नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेकोमा प्रसंसा समेत गरे ।

टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण आवतजावत गर्ने मानिसहरु पनि जोखिममा थिए । अब त्यसको जाखिम कम हुने बिश्वास नगरपालिकाको छ ।

अब चालकहरुले पनि सवारी साधन चलाउँदा पीसीआर रिपोर्ट अनिबार्य देखाउनु पर्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: