बिर्तामोडका सिटौला अमेरिकामा दुर्घटनामा घाइते, चालक फरार

  प्रकाशित मिति
१ मंसिर २०७९, बिहीबार २०:०४


झापा, १ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका बिर्तामोड नगरपालिका वडा नम्बर १ का अनिल सिटौला दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।

नेपालबाट अमेरिका घुम्न गएका काठमाडौको हरीसिद्धि नमुना टोल बस्ने माधव दुलालले चलाएको गाडीले ठक्कर दिँदा सिटौला घाइते भएका हुन् ।

अमेरिकाको डोराडो डिष्टिकको पाइलट इल मा खाना बनाइरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो । २१ अक्टोबरदेखि सिटौला स्थानीय सेन्ट लेन्डरो हस्पिटलमा उपचाररत रहेका छन् । सिटौला कि श्रीमती पिङ्की जोशीका अनुसार छाती र खुट्टामा गम्भीर चोट लागेको छ । घाइते सिटौलाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

ठक्कर दिने चालक दुलाल भने अमेरिकाबाटै फरार भएका छन् । उनी भागेर नेपाल आएको हुन सक्ने घाइतेका दाजु मधुर सिटौलाले बताएका छन् । फरार चालकलाई अमेरिकामा रहेका उनका आफन्तले भगाएको हुन सक्ने घाइतेका आफन्तले बताएका छन् ।

घाइतेका आफन्तले नेपाल प्रहरी समक्ष निवेदन समेत दिएका छन् । उनीहरुले घाइतेको उपचार हुनुपर्ने र कमाई गर्ने एक मात्र सिटौला घाइते भएपछि उनको तीन जनाको परिवार अमेरिकामा बिचल्लीमा परेको बताएका छन् ।

अमेरिकामा समेत उनीहरुले उजुरी गर्ने तयारी गरिरहेको बुझिएको छ । अमेरिकामा कडा कारबाहीमा पर्ने थाहा पाएपछि दुलाल भागेको हुन सक्ने अनुमान गरिएको छ । घाइते सिटौलाका परिवारले उनलाई पक्राउ गरी कारवाही, उपचार गराउन र क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

।। पुष्प बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: