बिर्तामोडकी मेयर भन्छिन्–‘फोहोरमैला व्यवस्थापन कम्पनीमा मेरो शेयर छैन’

  प्रकाशित मिति
३१ भाद्र २०७९, शुक्रबार १९:४४


झापा, ३१ भदौ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईले कनकाई विर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा आफ्नो शेयर नरहेको स्पष्ट पारेकी छन् ।
शुक्रबार एक कार्यक्रममा मेयर प्रसाईले सो कम्पनीमा स्व.पति ज्ञानुराम प्रसाईको नाममा रहेको १ लाखको शेयर गत चैत महिनामा फिर्ता लिएको बताएकी छन् ।

‘बाहिर हल्ला फैलाए जस्तो यो निजी कम्पनी पनि होइन’, मेयर प्रसाईले भनिन्–‘उर्जा मन्त्रालयले ५ करोड ४६ लाख रुपैयाँ लगानी गरेको, ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत शेयर नागरिकलाई खुल्ला गरिएको छ । त्यो कम्पनीमा मेरो शेयर नभएको स्पष्ट पार्न चाहान्छु ।’

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरका अध्यक्ष सुवास भट्टराईले सो कम्पनीमा स्व.ज्ञानुराम प्रसाईको नाममा रहेको १ लाखको शेयर मेयर पवित्रा महतरा प्रसाईले गत चैत २७ गते फिर्ताका लागि निवेदन दिएकोमा सोहि महिनाको चैत ३० गते फिर्ता गर्ने निर्णय भएको बताए ।

बिर्तामोड नगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि सो कम्पनीमा दुई करोड ५४ लाख लगानी गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा कनकाईका मेयर राजेन्द्रप्रसाद पोखरेलले सो कम्पनीमा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको साझेदारीमा लगानी गरिने बताए । त्यसमा शिवसताक्षी र मेचीनगर नगरपालिकाले पनि लगानी गर्ने प्रस्ताव गरेको उनको भनाई छ ।

उनले ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत शेयर नागरिकलाई खुल्ला गरे अन्तरगत पन्ध्र सय नागरिकले शेयर खरिद गरिसकेको बताए । सो योजना आगामी पुस महिनादेखि सञ्चालन आउने मेयर पोखरेलको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: