बिर्तामोडको बजेट ८० करोड

  प्रकाशित मिति
१० असार २०७५, आईतवार १६:३६


विर्तामोड । बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७५÷ ०७६ को बजेटमा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रबर्धन र बिकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई बिशेष प्राथमिकता दिँदै ८० करोड १७ लाखको प्रताबित सार्बजनिक गरेको छ ।
आइतबार दोस्रो नगरसभामा नगरकी उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले ८० करोड १७ लाख ७८ हजारको बजेट पेश गरेकी हुन् ।

नगर सभामा बजेट, नीति तथा कायृक्रम प्रस्तुत गर्दे नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित बिकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लागानी बढाइएको जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका प्रबक्ता तथा बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार गत बर्षको तुलनामा शिक्षामा ६४ प्रतिशत बजेट बृद्धि गरी २ करोड ३४ लाख २० हजार पुर्याइएको छ भने कृषि क्षेत्रमा नगरप्रमुख बिषादिमुक्त कार्यक्रम र सहकारी क्षेत्रको बिकासका लागि स्मार्ट कोअपरेटिभ मार्केट निर्माणदेखि झापा कोप स्टान्डर्ड लागू गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।

प्रमुख शिबाकोटीद्धारा प्रस्तुत कार्यक्रममा शिक्षाको गुणस्तर कायम गर्नका लागि बिद्यालयलाई सहयोगसँगै अबकास लिन चाहने शिक्षकलाई गोल्डेन ह्याण्डसेकसम्मका योजना छन् भने स्वास्थ्यमा नगर उपप्रमुख महिला सुरक्षा कार्यक्रम,सहकारीमा ऋण लिएर ऋण नतिर्नेलाई कालो सूचीमा राखेर सुबिधाबाट बन्चित गराउनेसम्मका नीतिगत योजना प्रस्तुत गरिएको छ ।

नगर सभालाई सम्बोधन गर्दे बडा नं ३ का अध्यक्ष तथा नेपाली काँग्रेस नगर सभापति भोजराज सिटौलाले नगरका बिकासका योजनामा राजनीति नगर्ने र बिकासका काममा एक भएर लाग्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: