बिर्तामोडलाई चेतना भया

  प्रकाशित मिति
११ श्रावण २०७३, मंगलवार १०:३४


Aduwa-Baadi-Jhapa-768x461विर्तामोड । बर्खे पानीको निकासको प्रबन्ध नहुँदा विर्तामोडको विभिन्न सहरी आवास क्षेत्र डुवानमा परेको छ ।
सहरी पूर्वाधारको विकासमा नगरपालिकाले ध्यान नदिएको कारण आवास क्षेत्र नै डुवानमा परेको भन्दै स्थानीयवासी आक्रोशित देखिएका छन् ।

तिनदेखि अविरल परेको वर्षाले निकास नपाउँदा आइतवार विर्तामोडमा डुबानको समस्या जटिल देखियो ।
सुगम पेट्रोल पम्प नजिक राजमार्ग उत्तरको वस्ती सबैभन्दा बढी मारमा परेको छ । त्यहाँका होटल, शोरुम, ग्यारेज लगायतका दर्जनौँ आवासीय भवनको एक तला भाग जलमग्न भएको छ । राजमार्गबाट आफ्नो घरसम्म पुग्न समेत स्थानीयबासी समस्या झेलिरहेका छन् ।
aduwa pulस्थानीय एक पीडितका अनुसार नगरपालिकालाई धेरै पहिलेदेखि नै राजमार्गको साँघुरो कल्भर्ट सफा गरेर पानीको निकास खोल्न आग्रह गर्दा सुनुवाई भएन । अहिले त्यही कारण घरहरू जलमग्न भएका हुन् ।

नयाँ बसपार्क छिर्ने राजमार्गमा समेत कल्भर्ट छेउबाट भेलले राजमार्गलाई आंशिक क्षति पुर्याएको छ । ट्राफिक प्रहरीले सङ्केत चिन्ह लगाएर भत्किएको राजमार्गमा सवारी नचलाउन भनेको छ ।

विर्तामोडमा अव्यवस्थाको अर्को दृश्य विर्ताबजारस्थित भद्रपुर जाने सडकमै देखिन्छ । नगरपालिका कार्यालय र सांसद् सुधिरकुमार शिवाकोटीको निवास नजिकै पर्ने सो सडकमा सदावहार खोलो कुद्ने गरेको छ । खाल्डाखुल्डी भएकाले त्यहाँ सवारी साधन र साइकल यात्री दुर्घटनामा पर्ने गरेका छन् ।

‘कि कल्भर्ट बनाउनु, कि पुल बनाउनु’, विर्ताबजारको सडकको दृश्यले नगरपालिका र सांसदलाई नै गिज्याइरहेको जिकीर गर्दै स्थानीय बासिन्दाहरू भन्छन्–‘ढल र नालीको सबै पानी सडकबाट खोलो बनेर कुद्ने गरेको छ ।’

आइतवार विहानैदेखि विर्तामोडका धेरै नगरवासीले राजमार्गस्थित अदुवा पुलको रमिता हेरे । उनीहरू पुरानो बन्दै गएको त्यो पुल बाढीले बगाउने हो कि भन्ने त्रासमा देखिन्थे । अदुवाको बाढीले आइतवार पुलको माथ्लो भाग छोएको थियो ।

केही वर्ष अघि अदुवाको बाढीले विर्तामोड डुबाएको नबिर्सिएका विर्तामोडबासीले यसपाली त्यस्तै दुर्दशा दोहोरिन सक्ने जोखिम देखेका थिए । धन्न आइतवार अदुवाले ताण्डव देखाएन । ट्राफिक प्रहरीले पुलमा पालैपालो सवारी आवागमन गराएको थियो ।

पुल सुरक्षित छाडे पनि अदुवा छेउछाउका धेरै वस्ती बाढीले डुबाएको छ । आसपासका होटल र घरहरूको भुइतला पानीले भरिएको हुँदा ग्राउण्ड फ्लोर खाली गरिएका छन् ।

खोलाको भाग मिचेर आलिशान महल खडा गरिदा अदुवा साँघुरिएको छ । भेल उर्लिदा निकास नभएर आवास क्षेत्रमा पस्नुलाई अस्वाभाविक मान्न सकिन्न ।

शनिअर्जुन नगरपालिकामा पर्ने महानन्द पुलबाट उत्तरदेखि अन्दुवा खोला आसपासका बस्ती सबै डुवानमा परेका छन् ।
विर्तामोडको अतिथि सदन अघिल्तिरको सडकमा अन्दुवा खोलाको भङालो पसेर आसपासका घर सबै डुबेका छन् ।

जग्गा अतिक्रमणले साँघुरिएको अन्दुवा खोलाले खोला आसपासका राजमार्ग दक्षिणका गाउँ सबै डुबानमा परेका छन् ।

(२०७३ साउन १० गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: