बिर्तामोड खानेपानीमा लोकतान्त्रिक प्यानलै विजयी

  प्रकाशित मिति
२६ मंसिर २०७६, बिहीबार २१:४२


मेचीनगर । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलै बिजयी भएको छ ।
विहीवार मत गणनाको अन्तिम मत परिणाम राती सार्वजनिक भएको हो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच समीकरण भएर बनेको लोकतान्त्रिक प्यानलका उम्मेद्वार जलकुमार गुरुङ संयुक्त प्रगतिशील प्यानलका उम्मेद्वार ज्ञानुराम प्रसाईलाई ७८४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।
संयुक्त प्रगतिशील प्यानलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी नेपाल र राप्रपा (संयुक्त) बीच समीकरण भएर चुनावी मैदानमा उत्रिएको थियो ।
प्राप्त मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले १७०४ मत प्राप्त गरेका छन् भने प्रसाईले ९२० मत प्राप्त गरेको कार्यसम्पादन समितिका संयोजक सीपी कडरियाले जानकारी दिए ।
लोकतान्त्रिक प्यानलबाट बिजयी हुनेहरुमा उपाध्यक्ष पर्शुराम सिटौला
(१६३७), सचिव मेघराज बास्तोला
(१७३८) कोषाध्यक्ष शारदा रिजाल
(१५१०), सदस्य देवेन्द्र सिटौला
(१६६७), पारस मैनाली
(१५९४), माया प्रधान खड्गी
(१६२०), वाला खरेल (१५८७) र सीता भट्टराई काफ्ले (१५७९) रहेका छन् । उता संयुक्त प्रगितशील प्यानलबाट उपाध्यक्षमा बुद्धिप्रसाद घिमिरे (९१८), सचिव जनवहादुर जवेगू (८३८), कोषाध्यक्ष कमलप्रसाद पौडेल (१०४७), सदस्यहरु शंकरराज ढुङ्गेल (८९०), श्रीप्रसाद सिटौला
(८९३),
विनिताकुमारी राजवंशी (९२२), हिमा प्रसाई (९५२) र सीता सापकोटा पौडेल (९५०), उम्मेद्वार बनेका थिए ।
कूल २८१३ मत खसेकोमा १२८ मत बदर भएको निर्वाचन समितिका सदस्य राजेन्द्र चौलागाँईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: