बिर्तामोड युनाईटेड क्लब फाइनलमा प्रवेश

  प्रकाशित मिति
२२ पुष २०७२, बुधबार १२:३३


khel pic
काँकरभिट्टा । बिर्तामोड युनाईटेड क्लब काँकरभिट्टमा जारी प्रथम अन्तर्राष्ट्रिय काँकरभिट्टा गोल्डकप आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगताको बुधबार भएको पहिलो सेमिफाईनलमा स्पर्धी चर्च व्वाईज क्लव काठमाडौँलाई २—० गोल अन्तरले पराजित गदैं युनाइटेड उपाधिको दावेदार बनेको हो ।

विर्तामोडका लागि दुवै गोल कर्ण लिम्बुले गरेका थिए । लिम्बुले पहिलो गोल ६७ औँ मिनेटमा पेनाल्टी मार्फत गरेका थिए । भने दोस्रो गोल ८४ औँ मिनटमा विशाल राईको पासमा गोल गरेका थिए ।

डि बक्स भित्र चर्च व्वाईजका पालसङ लामाको हातमा लागेपछि विर्तामोडले पेनाल्टीको अवसर पाएको थियो । लिम्बुले प्रहार गरेको पेनाल्टी किक गोल भएको थियो । त्यसपछि विशाल राईले दिएको पासलाई नियन्त्रणमा लिदैं ८४ औँ मिनटमा पुनः गोल गरी जीत दिलाएका थिए ।

खेलको म्यान अफ दी म्याच विर्तामोडका कर्ण लिम्बुलाई अठोट नेपालका तर्फबाट नगद २ हजार रुपैयाँसहित ट्रफी झापा जिल्ला फूटबल संघका अध्यक्ष जलकुमार गुरुङले प्रदान गरेका थिए ।

विहिबारको अन्तिम सेमिफाईनल दाजिलिङ ११ र फ्यान्स क्लब विआरसी भूटानबीच हुने प्रतियोगिताका सञ्चार संयोजक लक्ष्मी उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: