बिहान पुस्तक पढ्दाको मज्जा नै बेग्लै

  प्रकाशित मिति
१४ चैत्र २०७२, आईतवार ०८:४३


12509528_805566539555765_1222970607090179973_n

जिल्ला शिक्षा कार्यालय झापामा विद्यालय निरीक्षकको भूमिका निर्वाह गर्दै आएकी जानुका गुरागाईं पुस्तक पढ्ने व्यक्तिहरूको अग्रपङ्क्तिमा पर्ने गरेकी छिन् । बजारमा नयाँ पुस्तक आउनसाथ उनले पढ्नै पर्ने हुन्छ । साहित्यकारको पङ्क्तिमा नभए पनि सफल पाठकको रुपमा रहेकी गुरगाईं समाज परिवर्तनको उत्तम माध्यम पुस्तक नै भएको बताउँछिन् । यो अङ्कमा उनीसँग गरिएको पुस्तक वार्ता प्रस्तुत छ ।

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
पछिल्लो समयमा उदियमान युवा लेखक बुद्धिसागरको ‘फिरफिरे’ उपन्यास पढ्दैछु । त्यसो त म एकसाथ एकभन्दा बढी पुस्तक समानान्तर अध्ययन गर्ने व्यक्ति भएकाले चिनगिज आइतमातोभ द्वारा लिखित र खगेन्द्र सङ्ग्रौलाद्वारा अनुवादित ‘प्रथम गुरु’ पनि सँगसँगै घान हालेको छु ।
कस्ता पुस्तक बढी मन पर्छ ?
समाजलाई सही बाटोमा डोर्याउन अभिप्रेरित गर्ने खालका पुस्तक नै मेरो रोजाइमा पर्छन् । उदाहरणका लागि मेक्सिम गोर्कीको ‘आमा’ मोदनाथ प्रश्रितको ‘नारी बन्धन र मुक्ति’ जस्ता पुस्तकलाई लिन सकिन्छ ।

मन परेका लेखक ?
अमर न्यौपाने, झमक घिमिरे ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
‘श्रीमद्भागवत गीता’ सबैले एक पटक अनिवार्य पढ्नै पर्ने पुस्तक हो ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
सञ्जिव उप्रेतीद्वारा लिखित ‘घनचक्कर’ पुस्तक प्रकाशन हुनासाथ पढ्न हुटहुटी लाग्यो । पढ्ने व्रmममा कार्यालयबाटै कतिखेर कतिखेर पुस्तकै हराइसकेछ । कुनै विद्वान मित्रले अध्ययन गरिसकेपछि फर्काउनु होला भनेर प्रतिक्षामा बस्दा बस्दै पुस्तक पढ्ने अभिलाषा नै अधुरो रह्यो ।

पुस्तक पढ्ने उपयुक्त समय ?
बसको यात्रा, एकान्त समय, कार्यालयको कार्य कक्ष जहाँ जतिखेर समय मिल्छ पढ्ने जमर्को गरिहाल्छु । खासगरी बिहान सबेरै पढ्दाको आनन्द भने बेग्लै हुन्छ ।

पुस्तक कसरी जतन गर्नु हुन्छ ?
मेरो सबैभन्दा ठूलो कमजोरी नै हालसम्म सङ्कलन गरेका किताब जोगाउन नसक्नु नै हो । साथीहरूले पढ्न मन गरेपछि प्रदान गरिएका कतिपय पुस्तकहरू हालसम्म फिर्ता गर्न भ्याएका छैनन् । जे जति पुस्तक छन्– दराज, र्याक, ओछ्यान यत्रतत्र असरल्लै छन् ।

साहित्य लेखन कुनै रुचि ?
यदाकदा कविता र कथा लेख्ने लहड आउँछ । खासमा भन्नुपर्दा म लेखक साहित्यकार भने हुन सकिरहेको छैन, बरु एक सामान्य पाठक बन्ने प्रयासरत व्यक्ति भने हूँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: