बिहान ८ देखि २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने

  प्रकाशित मिति
२७ जेष्ठ २०७७, मंगलवार २०:५८


मेचीनगर । संघीय र प्रदेश सरकारले निषेध गरेका व्यवसाय बाहेकका व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति झापाको कार्यालयमा मङ्गलबार भएको छलफलले लकडाउनमा बिहान ८ देखि २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको हो ।

बजार पूर्णरुपमा खुल्न नपाउने तर सरकारले तोकेका ४३ उद्योगसँग सम्बन्धि व्यवसाय खुलाउन पाउने गरी निर्णय भएको छ ।

त्यसका लागि सबै वाणिज्य संघले स्थानीय तहसँग समन्वय गरेर सहमतिमा मात्रै व्यवसाय खुलाउन पाउने निर्णय भएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

व्यवसायीले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको व्यवस्थापनसहित पसल खोल्न पाउने निर्णय भएको पोर्तेलको भनाई छ ।

तत्काल वाणिज्य संघहरुले स्थानीय तहसँग समन्वय गरेर मात्रै पसल खोल्न पाउने भएपछि समय अनिश्चित भएको छ ।

कहिलेसम्ममा समन्वय सकिन्छ, त्यसपछि मात्रै व्यवसाय सञ्चालन हुने बुझिएको छ ।

त्यसका लागि जिसस उपप्रमुख मीना पराजुलीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]om

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: