बिहार चुनाव नतिजाः मुख्यमन्त्री नितिशकुमारलाई धक्का

  प्रकाशित मिति
२६ कार्तिक २०७७, बुधबार १५:१८


प्रधानमन्त्री नरेन्द्र मोदी र नितिशकुमार ।

झापा, २६ कार्तिक । भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ ।

दोस्रोमा ७४ सिटसहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ ।

अब नेपाल–भारत सम्बन्धको स्वर्णिम दशकः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतमा नरेन्द्र मोदीको जित, अब के ? वर्तमान सत्ता गठबन्धनकै बहुमत
तर बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत भने पाएको छ । कङ्ग्रेसको प्रदर्शन पहिलेभन्दा पनि खस्किएको देखिएको छ ।

२४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कङ्ग्रेससहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ ।

नितिशकुमारलाई ठूलो धक्का

बिहारको वर्तमान सत्ता गठबन्धनमा यतिञ्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नितिशकुमारलाई भने यो परिणाम सुखद रहेन ।

हुन त अझै पनि गठबन्धनको नेतृत्व गर्दै उनले नै मुख्यमन्त्रीको पद सम्हाल्ने बीजेपीले बताइरहेको छ तर बीजेपीको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिशकुमारको सामु अवस्था असहज देखिन्छ ।

तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिशकुमार चौथोपटक पनि मुख्यमन्त्री हुने ढोका अझै खुला नै देखिन्छ ।

तेजस्वीको ‘उदय’

यसपटकको चुनावमा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवले आफ्नो दल, राष्ट्रिय जनता दललाई अग्रस्थानमा पु¥याउन सफल भए । तर उनको दल र कङ्ग्रेससहितको महागठबन्धनले बहुमत भने जुटाउन सकेन ।

यो परिणामलाई तेजस्वीको उदाउँदो राजनीतिक हैसियतको प्रदर्शनको रुपमा कतिपयले मानेका छन् ।
यसपटक कोभिड–१९ महामारीकै बीचमा तीन चरणमा बिहारमा मतदान सम्पन्न भएको थियो । करिब ५७ प्रतिशत मतदाता सहभागी भएको चुनाव आयोगले बताएको छ ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: